सरकारविरुद्ध सिठ्ठी फुक्दै नेविसंघ
काठमाडौँ |
नेपाल विद्यार्थी संघले आज सरकारको विरोधमा विभिन्न स्थानमा सिठ्ठी फुक्दैछ।
नेपाली कांग्रेसले सरकारको विरोधमा भोलि सोमबार देशभर प्रदर्शन गर्दैछ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले दुर्व्यवहार गरेको विरोधस्वरुप देशव्यापी प्रदर्शन गर्न लागेको कांग्रेसले भोलिको विरोधको आकारका आधारमा थप आन्दोलनका कार्यक्रम तय गर्ने यसअघि नै जनाएको छ ।

सोही कार्यक्रमको पूर्वसन्ध्यामा आज आइतवार ४ बजे नेविसंघले सिठ्ठी फुकेर प्रदर्शन गर्न लागेको छ । संघका अध्यक्ष राजीव ढुंगानाका अनुसार सर्वसत्तावादी सरकारको मुटुमा ढ्यांग्रो ठोकिने गरी अपरान्ह ४ बजे देशभर एकसाथ सिठ्ठी फुकेर विरोध प्रदर्शन गर्न लागिएको हो ।
मंसिर २९ गतेको देशब्यापी प्रदर्शनको भब्य तयारीमा जुटौँ भन्ने नारासहित नेविसंघले आफ्ना कार्यकर्तालाई प्रदर्शनमा सहभागी हुन आह्वान गरेको छ।






