थापा र पुरी केन्द्रिय सदस्यमा मनोनीत
सुर्खेत
राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले सुर्खेतका युवा नेता बसन्त कुमार थापा र कविराम पुरीलाई केन्द्रिय सदस्यमा मनोनीत गरेको छ । पार्टी अध्यक्ष पशुपति शमशेर जबराले उहाँहरु दुबै जनालाई केन्द्रिय सदस्यमा मनोनीत गर्नु भएको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले मात्र वैकल्पिक राजनीतिक शक्तिको रुपमा काम गर्न सक्ने र देश र जनतालाई राजनीतिक अन्यौलताबाट स्थिर राजनीतिमा लैजान शक्तिको रुपमा रहेको बताउँदै आएको छ । देशभर संगठन विस्तारको क्रममा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले केन्द्रिय समिति विस्तार गर्ने क्रममा सुर्खेतबाट थापा र पुरी केन्द्रिय सदस्यमा मनोनित भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) सुर्खेताले जनाएको छ ।






