हिन्दु जागरण युवा संघ सुर्खेत को अध्यक्षमा पुरी
असोज २८,सुर्खेत ।
हिन्दु जागरण युवा संघ नेपाल, सुर्खेत को भेला भव्य र सभ्य रुपमा सप्पन्न भएको छ। हिन्दु जागरण संघ सुर्खेतको अध्यक्ष श्रीमती अन्जु बस्यालको सभापतित्वमा बसेको भेलाले गणेश पुरीको अध्यक्षतामा १२ सदस्यीय कमिटी गठन गरेको छ ।

हिन्दुत्व संरक्षण तथा धर्म परिवर्तन विरुद्ध महाअभियान लिएर आयोजना भएको कार्यक्रमले हिन्दु जागरण युवा संघ सुर्खेतको तदर्थ समिति गठन गरेको हो । भेलाले संघको उपाध्यक्षमा जगत शाहीलाइ सर्बसम्मत चयन गरेको छ भने सचीवमा प्रेम बिसी, सह-सचिवमा आशा थापा, कोषाध्यक्षमा प्रकाश मल्ललाई चयन गरेको छ।

त्यसैगरी संघको सदस्यमा मधु सिंह ठकुरी, वसन्त महत, राम नाथ गुप्ता, पुस्प बिसी, महेश पुरी, बिमल शाही, बिपना अधिकारी चयन भएका छ्न । भेला कार्यक्रम हिन्दु जागरण संघ सुर्खेतको अध्यक्ष श्रीमती अन्जु बस्याल, कोषाध्यक्ष बालकुमारी डागी ,सदस्य तुल्सी ढकाल संघका सल्लाहकार ईश्वर श्रेष्ठ , जनक सिंह ठकुरी लगाएतको उपस्थितिमा सम्पन्न भएको थियो भने कार्यक्रमको सहजिकरण कमलदेव जिसीले गर्नु भएको थियो।






