कांग्रेसको प्रदर्शनमा सहभागी हुन प्रकाशमानको अपिल
काठमाडौं ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विधि, विधान मिचेर प्रतिनिधिसभा विघटन गरिएको विरोधमा नेपाली कांग्रेसले गर्ने प्रदर्शनमा सहभागी हुन अपिल गरेका छन् ।
नेपाली कांग्रेसले यही माघ १३ गते सोमबार देशभर विरोध प्रदर्शन गर्दै छ ।
‘त्यति मात्र होइन एकलौटी चुनाव घोषणा गरेको सरकारले अझ मन्त्रीमण्डल पुनर्गठन गरेको छ,’ उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘संविधान मिच्दै गरिएको संसद विघटन असंवैधानिक छ ।’







