Loading... आजः १० आश्विन २०८३, शनिबार । Saturday 26th September 2026

जेष्ट नागरिकका लागी स्वास्थ क्लिक सञ्चालन गरिने

  सुर्खेत

जेष्ट नागरिकका लागी स्वास्थ क्लिक सञ्चालन गरिने । पुर्वि सुर्खेतको सिम्ता गाउँपालिकाले स्वास्थ शाखा अन्र्तगत स्वास्थ क्षेत्रमा भए गरेका प्रगति विवरणको मासिक समिक्षा बैठक सम्पन्न गरेको छ । समिक्षा बैठक बाट कार्तिक मसान्त सम्म सिम्ता गाउँपालिकाका ६० बर्षिय सम्पुर्ण जेष्ट नागरीकहरु लाई निः शुल्क स्वास्थ क्लिक सञ्चालन गरिने निर्णय भएको छ । शनिवार गाउँपालिकाको कार्यलयमा स्वास्थ तथा शिक्षा क्षेत्रको विकासका लागी बनाईएको बार्षिक योजना तथा कार्यक्रम अन्र्तगतको तेस्रो मासिक बैठक सम्पन्न गरिएको हो । । जनता संग सिम्ता गाउँपालिका अन्र्तगत स्वास्थमा सुधार गर्न तथा आगामी दिनहरुमा स्वास्थका योजना निमार्ण गर्न मासिक बैठक गरिएको सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्र कुमार केसीले बताए । गाउँपालिका अन्र्तगत पर्ने ९ वटै वडाका स्वास्थ चौकिका प्रमुख हरुको सहभागतिामामा बैठक सम्पन्न भएको हो । जिल्ला जनस्वास्थ कार्यलय सुर्खेतका प्रमुख धिरजङ्ग शाहाको प्रमुख आतिथ्यतामा बैठक भएको हो ।

समिक्षा बैठकले गाउँपालिकामा भए गरेका स्वास्थ सम्बन्धी गतिविधि हरुको तथ्याङ्क अभिलेखिकरण र व्यावस्थापन सम्बन्धी छलफल गरिएको छ । । स्वास्थ शिविर लाई सफलतापुर्ण रुपमा सञ्चालन गर्न गाउँपालिका सबै सरोकार वाला निकायहरु संघ संस्थाका प्रमुख तथा प्रतिनिधि हरु संग सहयोग तथा समन्वय गरेर बृद्धहरुका लागी स्वास्थ क्लिक सञ्चालन गर्न लागीएको अध्यक्ष केसीले बताए । कार्यक्रममा बोल्दै जिल्ला जनस्वास्थ कार्यलयका प्रमुख धिरजङ्ग शाहीले सिम्ता गाउँपालिकाको स्वास्थ सुधारको लागी आफुले सक्दो पहल गरिने बताए । शाहीले सिम्ताको स्वास्थ सेवा लाई प्रभावकारी रुपमा जनतालाई सेवा दिन सम्पुर्ण वडाका स्वास्थ प्रमुखहरुलाई निर्देशन समेत दिएका छन । गाउँपालिकाका अध्यक्ष केसीले जनता संग सिम्ता गाउँपालिका अन्र्तगत आफ्नो कार्यकाल सम्म स्वास्थको क्षेत्रमा उल्ल्ेखिय काम गरिने बताए ।