३ महिनाभित्र सबै नेपालीलाई निःशुल्क खोप :प्रधानमन्त्री
काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिडविरुद्धको खोप तीन महिनाभित्र सबै नेपालीलाई उपलब्ध गराउने प्रतिवद्धता गर्नु भएको छ ।
कोभिडविरुद्धको खोप अभियानको उद्घाटन गर्दै ओलीले अब कोभिडको त्रास कम भएर जाने विश्वास गर्दै भारतसँग उचित मूल्यमा कोरोना खोप खरिद गर्न कुरा भइरहेको जनाउनु भएको हो । प्रधानमन्त्रीले खोप लगाए पनि स्वास्थ्य मापदण्डहरु कामयै राख्न सबै नेपालीलाई आग्रह गर्नुभयो ।






