कक्षा १२ को नतिजा सार्वजनिक हुँदै
काठमाडौं ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गर्दै छ । बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले आज नतिजा सार्वजनिक गर्ने जानकारी दिए ।
त्यसका लागि अहिले परीक्षा बोर्डको बैठक बसिरहेको छ ।
बोर्डले यस वर्ष ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिएको थियो । थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडेर नतिजा प्रकाशित हुने छ ।






