Loading... आजः ११ भाद्र २०८३, बिहीबार । Thursday 27th August 2026

शिक्षा प्रतिकार्य याेजना सम्बन्धि १ दिने गाेष्ठि सम्पन्न

दैलेख |
दुल्लू नगरपालिमा शिक्षा प्रतिकार्य याेजना सम्बन्धि १ दिने गाेष्ठि सम्पन्न भएको छ। सामुदायिक विद्यालय व्यवस्थापन समिति महासघ केन्द्रीय कमिटिकाे समन्वय तथा युनिसेफकाे अार्थिक सहयाेगमा काेभिड १९ का कारण पछाडि परेकाे शिक्षा लाई कसरी व्यवस्थापन गर्ने यसको मुख्य उदेश्य रहेको छ। देशैभरीका २० वटा पालिकामा संचालन गरिने कार्यक्रममा दुल्लू नगरपालिका पनि छनाैट भइ कार्य संचालन गरिनेछ ।
गाेष्ठिले दुल्लु नगरपालिकाकाे सिकाई निरन्तरताका लागि काेभिड १० का सन्दर्भमा प्रति कार्य याेजना समेत निर्माण गरेकाे छ । दुल्लू नगरपालिकाका प्रमुख घनश्याम भण्डारी ज्युकाे अध्यक्ष्ातामा संचालन भएकाे गाेष्ठिमा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासघकर्ण्ााली प्रदेश अध्यक्ष गाेविन्द काेईरालाले शिक्षा प्रतिकार्य याेजना निर्माण र कार्यक्रम संचालन गर्दा विद्यार्थीको सिकाईमा सहजता प्रदान गर्ने कुरा राख्नु भएकाे थियाे त्यस्तै कार्यक्रमकाे समापन गर्दै प्रमुख भण्डारीले याे कार्यक्रम छनाेट गरेकाेमा सामुदायिक विद्यालय व्यवस्थापन महासंघ लाई धन्यवाद दिदै विद्यार्थीको सिकाई निरन्ताका लागि नगरपालिकाले प्रतिकार्य याेजना बनाई लागू गर्ने वताउनु भयाे ।
त्यस्तै गाेष्ठिमा सामुदायिक विद्यालय महासंघका केन्द्रीय सचिव लगायत, सबै वडाका अध्यक्ष हरू कार्यपालिका सदस्य हरू, शिक्षक महासंघ केन्द्रीय सदस्य कृष्ण प्रसाद भट्टराई, विजया मा वि दुल्लूका वि व्य स अध्यक्ष भरत प्रसाद रिजाल , प्रमुख प्रशासकिय अधिकृत ज्ञानमणि नेपाल, शिक्षा अधिकृत विकाशजंग शाहि लगायतका व्यक्ति उपस्थित भयकाे कार्यक्रमकाे कम्प्युटर अपरेटर रमेश उपाध्यायले संचालन गर्नु भयकाे थियाे ।