Loading... आजः २१ बैशाख २०८३, सोमबार । Monday 4th May 2026
ताजा खबर
  

कांग्रेस भन्छ: ‘नेपालका कम्युनिष्ट राज्य आतंकका पक्षपाती’

काठमाडौं, १४ कार्तिक ।
प्रम्ुख सत्तारुढ दल नेपाली कांग्रेसले नेपालका कम्युनिष्टहरु ‘हत्यारा र राज्यआतंकका पक्षपाती’ भएको बताएको छ । प्रदेश र प्रतिनिधिसभा निर्वाचन २०७४ का लागि तयार गरेको घोषणापत्रमा कांग्रेसले कम्युनिष्टहरुलाई त्यस्तो आरोप लगाएको हो ।

newsabhiyan

‘कांग्रेसको नेतृत्वमा शान्ति र संविधान, कांग्रेसकै नेतृत्वमा समृद्धिको अभियान’ भन्ने मूल नारासहित तयार गरिएको ८४ पृष्ठको घोषणापत्र अहिले पार्टी कार्यालय सानेपामा कार्यक्रम आयोजना गरी सार्वजनिक गरिँदै छ । प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा, पार्टीका वरिष्ठ नेताहरू घोषणपत्र सार्वजनिक कार्यक्रममा उपस्थित भएका छन् ।

घोषणापत्रमा कांग्रेसले एमालेलाई असहयोगी र अवसरवादी राजनीतिक चरित्र बोकेको तथा  राष्ट्रिय एकता र समृद्धिको बाधक भएको भएको पार्टी भनेको छ । ‘एमाले संविधान निर्माणको वेलादेखि नै आफ्ना प्रतिस्पर्धी राजनीतिक दलहरूप्रति निरन्तर असहिष्णु र आक्रामक प्रवृत्तिका साथ क्रियाशील रह्यो,’ कांग्रेसको घोषणापत्रमा भनिएको छ, ‘संसदीय पद्धति र आचरणअनुरूप आफू सहभागी सरकारको काम र निर्णयमा उत्साहपूर्ण सहकार्य गर्नुभन्दा पार्टीगत र गुटगत राजनीतिक भागबन्डा खोज्ने प्रवृत्तिद्वारा एमालेले पटक–पटक देखायो । एमालेको नेतृत्वमा सरकार बनेपछि उसको राजनीतिक असहिष्णुता झनै बढ्यो ।’

त्यस्तै माओवादीलाई कांग्रेसले अस्थिर र राजनीतिको लाभ खोज्ने अवसरवादी पार्टी भएको बताएको छ । देश राजनीति मुठभेडको गम्भीर मोडमा पुगेका वेला पनि माओवादी केन्द्र द्वन्द्वकालीन प्रवृत्ति र घटनाका प्रभावबाट मुक्त हुन नसकेको कांग्रेसको निष्कर्ष छ । दीर्घकालीन लोकतान्त्रिक सहकार्यमा आबद्ध हुनुको साटो माओवादीभित्र अस्थिर राजनीतिका बखत सत्ताको लाभ खोज्ने प्रवृत्ति माओवादीमा देखिएको घोषणापत्रमा उल्लेख छ । माओवादीको ढुलमुले प्रवृत्तिले राष्ट्रिय राजनीतिमा अस्थिरता बढाएको दावी कांग्रेसले बताएको छ ।

बाम गठबन्धनलाई कांग्रेसले एकदलीय कम्युनिष्ट शासन ल्याउन गरिएको प्रपञ्च भएको बताएको छ । गठबन्धनका नेता र योजनाकारहरूले संविधानका आधारभूत लोकतान्त्रिक मूल्य–पद्धति र शासन प्रणालीलाई संशोधन गर्दै प्रत्यक्ष राष्ट्रपतीय प्रणालीका माध्यमबाट एकदलीय कम्युनिस्ट पार्टीद्वारा सत्ता नियन्त्रण गर्ने र नेपालमा साम्यवाद स्थापना गर्ने उद्देश्य राखेका आरोप कांग्रेसको छ ।

कम्युनिस्टहरूलाई ‘हत्यारा र राज्यआतंकका पक्षपाती’ भन्दै उनीहरुले  लोकतन्त्रलाई उपयोग गरेर साम्यवाद ल्याउने चेष्टा गरिरहेको बताएको छ । कम्युनिस्टहरू शान्तिका पक्षधर कहिल्यै नहुने र उनीहरुले हिंसा, व्यक्ति हत्या र राज्यआतंक सिर्जना गर्ने घोषणापत्रमा उल्लेख छ ।