Loading... आजः १३ बैशाख २०८३, आईतवार । Sunday 26th April 2026
ताजा खबर
  

काठमाडौं – सुर्खेत उडानका लागि श्रीएअरलाई अनुमति

सुर्खेत ।
काठमाडौ–सुर्खेत र सुर्खेत – काठमाडौं उडानका लागि निजी वायुसेवा कम्पनी श्री एयरलाइन्सले परीक्षण उडानका लागि नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट अनुमति पाएको छ ।


क्यानको अनुमतिपछि श्रीले यसै साता टर्बोप्रोप ‘क्यू–४००’ जहाजमार्फत सुर्खेत परीक्षण उडान गर्ने योजना रहेको कम्पनीका प्रवक्ता अनिल मानन्धरले बताए । उनी भन्छन्, ‘सुर्खेतलाई हवाई यातायातबाट थप बलियोसँग जोड्ने उद्देश्यले हामीले यो गन्तब्यमा उडान गर्ने योजना बनाएका हौं । क्यानबाट परीक्षण उडान अनुमति पाइसकेकाले आउँदो शुक्रबार र शनिबारमध्ये एउटा दिनमा परिक्षण उडान गर्नेछौं ।’

काठमाडौं–सुर्खेत परीक्षण उडानका लागि श्री एअरले अनुमति पाएपछि कर्णालीका नागरिकहरुलाई सुर्खेत काठमाडौ सस्तो मुल्यदरमा हवाईयात्रा गर्न बाटो खुलेको नेपाल एअर बिजनेस ग्रुस सुर्खेतका निर्देशन निर्मल केसिले बताए । उनले लामो समय देखिको कर्णालीबासिहरुको अथक प्रयासले सार्थकता पाउने बिश्वास व्यक्त गरे । केसिका अनुसार श्रीएअरले सुर्खेत नियमित उडान गर्ने योजना बनाएको बताए । करिब चार वर्ष अघिबाट व्यावसायिक उडान सुरु गरेको श्रीले सिआरजे–२०० र सिआरजे–७०० जेट इन्जिनका साथै दुईवटा क्यु–४०० सिरीजका प्रोपेलर जहाजबाट हवाई सेवा दिँदै आएको छ ।

सुर्खेतमा श्रीएयरले उडान भर्ने भनेपछि सस्तो र सहज ढंगले हवाइ सेवा पाइने आशामा कर्णालीवासी हर्षित भएका छन् ।