झापा ३ यसकारण छाड्यो बामगठबन्धनले, यसरी राजेन्द्र लिङ्देन बने चर्चित
झापा
नेपाली राजनीतिमा अहिले झापा ३ चर्चामा रहेको छ । यसको कारण हो राप्रपा र काँग्रेसबीचको गठबन्धन तोडिनु र यहाँ हेभिवेटको प्रतिस्पर्धाले यो क्षेत्र चर्चामा पुगेको छ ।

काँग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाले यहाँ भएको तालमेललाइ अस्वीकार गरेर आफै उम्मेदवार बनेपछि राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन आक्रोशित बनेका थिए । उनले यो क्षेत्रबाटै उम्मेदवार बन्ने घोषणा गरे ।
काँग्रेसले साथ छाडेपछि लिङ्देनलाइ बामगठबन्धनले साथ दिएको छ ।
बाम गठबन्धनले राप्रपालाइ यो क्षेत्र छाड्ने र राप्रपाले जिल्लाभर सहयोग गर्ने सहमति बनेको जनाईएको छ । यसले गर्दा लिङ्देन पनि चर्चामा छन् ।
झापाको राजनीति पनि तातेको छ । काँग्रेसको बलियो मानिएको झापा ३ र १ पनि अब कमजोर बनेको छ । दुबै स्थान काँग्रेसलाइ जित्नका लागि फलामको चिउरा चपाउनु भएको छ । यहाँ बाम गठबन्धन दर्बिलो बनेको छ ।






