पशुपतिनाथमा ८ लाख भक्तजनले दर्शन गर्ने
काठमान्डौ ।
महाशिवरात्रिका अवसरमा पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनहरुले पुजा आराधना गरेका छन् । कोरोनाको जोखिम कायमै रहे पनि भक्तजन मास्क लगायत स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर दर्शन गर्नका लागि शिवालयमा जादै छन् ।
पशुपतिनाथ मन्दिरमा बिहिवार दिउस सम्म ३ लाख बढि भक्तजनले दर्शन गरेका छन् । पशुपतिनाथ मन्दिरमा एक घण्टाभित्र दर्शन गरेर फर्कन सकिने गरी व्यवस्थापन गरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिनु भयो ।
बिहान आधा घण्टामै दर्शन गरेर फर्कन सकिने थियो । बिहान १० बजेपछि भक्तजनको भीड बढ्न थालेकाले दर्शन गर्न एक घण्टा सम्म लागेको बताइएको छ ।
साझसम्म करिब ८ लाख भक्तजनले पशुपतिनाथ मन्दिरमा दर्शन गर्ने अनुमान गरिएको छ । आज राति दर्शनार्थी आएसम्म मन्दिर खुला रहने जनाइएको छ ।






