Loading... आजः ४ जेष्ठ २०८१, शुक्रबार । Friday 17th May 2024

सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय

सुर्खेत ।
कर्णाली प्रदेशमा एमाले संसदीय दलको बैठक सकिएको छ । बैठकले विभिन्न ५ वटा निर्णयहरु गरेको छ । कर्णालीमा एमालेको संसद संख्या २० जना रहेकोमा एक जना सभामुख समेत एमालेबाटै छन् । बैठकमा कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेल सहित १० जना सांसदहरु सहभागी बनेको थिए ।

बैठकमा सहभागी एक संसदका अनुसार एमाले पुनस्र्थापना भइसकेपछि नेकपा एमालेका व्यवस्था अनुसारको व्यवस्था गर्न संसद सचिवालयलाई निर्देशन दिने, महेन्द्र बहादुर शाही नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने, मन्त्रीहरुलाई सरकारबाट फिर्ता हुन निर्देशन दिने, दलको नेता यामलाल कँडेललाई बनाउने र बैठकमा अनुपस्थित संसदलाई स्पष्टीकरण माग्ने निर्णय गरेको छ ।

सांसद खड्गबहादुर खत्री, दानसिंह परियार पदमा खड्का, पदमबहादुर रोकाया , बद्मी कुवाँरी बोहोरा, राजु नेपाली, गुलावजङ्ग शाही , देव ओली, मीनासिंह रखाल बैठकमा सहभागि भएका थिए । सांसद पदमा खड्का, पदमबहादुर रोकाया माधव नेपाल पक्षबाट ओली समुहमा फर्कीएका हुन् । यसैगरि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढापनि ओली समुहमै फर्किएको बताइए पनि उनी बैठकमा भने सहभागी थिएनन् ।