Loading... आजः ८ बैशाख २०८३, मंगलवार । Tuesday 21st April 2026
ताजा खबर
  

कोरोना संक्रमणबाट एकै दिन २४६ को मृत्यु, ८,१७३ संक्रमित

काठमाडौं ।
कोरोना भाइरस संक्रमणबाट एकै दिन २४६ जनाको मृत्यु भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ८ हजार १७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टिस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोनाको तेस्रो भेरियन्टको कारण अवस्था झन जटिल हुँदै गइरहेको छ । त्यसैले कोरोनाबाट बच्न र बचाउनका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रुपमा पालना गर्न मन्त्रालयले सबै नागरिकहरुमा अनुरोध गरेको छ ।