गजल
देखाएर सुन्दर सपना आखामा, नाता टुटाएर गयौ।
अस्तित्व र अस्मिता आफै लुटेर अनि लुटाएर गयौ ।।
सडकमा तिमी, सत्तामा तिमी, यत्रतत्र सर्बत्र तिमी ।
भन गन्तव्यमा नपुगी सहयात्री, किन छुटाएर गयौ ?
संसारका सम्पुर्ण मजदुर एक हौं, भन्नेहरु हो ! भन ।
भन ! एक बनेका जनसङ्गठनहरु, किन फुटाएर गयौ ?
सर्वहारा वर्गको शासन सत्ताको दुहाइ दिनेहरू सुन ।
वर्गसंघर्षको पाठ घोकाएर वर्ग दुश्मन जुटाएर गयौं ।।
सत्ताकै लागि विचार, सिद्धान्त र निष्ठा धरौटी राखेर ।
अन्ततः जनमत र क्रान्तिका प्राप्ति गुट्मुटाएर गयौ ।।






