प्रहरी र होटल व्यवसायीबिच पाँच बुँदे निर्णय : के के हुन् त्यस्ता निर्णय
सुर्खेत,
आगामि मंसिर २१ गते हुन गईरहेको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७४ लाई स्वच्छ, निष्पक्ष र भयरहित वाताबरणमा सम्पन्न गर्ने उदेश्यले प्रहरी र होटल व्यवसायीहरुको संयुक्त बैठकले ५ बुँदे निर्णय गरेको छ । प्रायजसो होटलहरुमा हुने अवैध मादक पदार्थ विक्रि वितरण एवं सेवन लगायतका अवान्छित गतिविधि हुन र गर्न नदिन हिजो मिति २०७४।०८।०३ गते जिल्लाका होटल ब्याबसायि संघका पदाधिकारीहरु र प्रहरी विच निर्णय भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक उमा प्रसाद चतुर्बेदीसँंग भएको भेटघाट तथा छलफल कार्यक्रममा होटल व्यवसायीहरुले उक्त निर्णयहरु कार्यान्वयन गर्ने भन्ने निर्णय भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
निर्णयहरुः
१. प्रत्येक होटलले बाँस बस्ने ग्राहकहरुको सनाखत खुल्ने बिबरण अनिबार्यरुपमा राख्ने ।
२. ग्राहकले छोडेको शंकाष्पद सामानहरु फेला परेमा तुरुन्त नजिकको प्रहरीलाई खबर गर्ने ।
३. निर्वाचन शान्ती सुरक्षामा असर पुर्या उने उदेश्यले अपरिचित ब्यक्तिहरु अबैध हातहतियार,बिष्फोरटक पदार्थ साथमा लिई बाँस बस्न सक्ने संभाब्यतालाई मध्यनजर राखि सुरक्षा सर्तकता अपनाउने ।
४. समय समयमा जिल्ला प्रहरी कार्यालयबाट होटल अनुगमन गरिने ।
५. होटलमा काम गर्ने कर्मचारीको पुर्ण बिबरण तथा पहिचान खुल्ने अभिलेख अनिवार्यरुपमा राख्ने ।






