Loading... आजः २५ बैशाख २०८३, शुक्रबार । Friday 8th May 2026
ताजा खबर
  

सुर्खेतको निषेधाज्ञा ३१ गतेसम्म लम्बियो

सुर्खेत ।
गत वैशाख १४ गते राती १२ बजेदेखि कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि लगाइएको निषेधाज्ञा यही जेठ ३१ गतेसम्मका लागि लम्बिने भएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको आजै बसेको बैठकले निषेधाज्ञा लम्ब्याउन सिफारिस गरेको छ ।

सुर्खेतमा १५ दिन थपियो निषेधाज्ञा
हाल सुर्खेत जिल्लामा संक्रमणको दर केही कमी देखिएता पनि संक्रमणको जालो तोड्न अझै केही समय निषेधाज्ञाको समयावधि बढाई रोकथाम, नियन्त्रण र उपचारको पद्धतिलाई व्यवस्थित गर्नुपर्ने देखिएकोले निषेधाज्ञाको आदेशलाई निरन्तरता दिन आवश्यक रहेको भन्दै यस्तो सिफारिस गरेको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।

साथै जिल्लामा बढ्दै गईरहेको कोभिड –१९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि जिल्लास्थित क्रियाशील सम्पूर्ण राजनीतिक दल, पेशाकर्मी, व्यवसायी, बुद्दिजिबी, नागरिक समाज लगायत सबै जिम्मेवार पक्षले आ–आफ्नो तर्फबाट निषेधाज्ञाको आदेश परिपालना गरी÷गर्न लगाई कोभिड –१९ संक्रमणको जोखिम कम गर्न र स्वास्थ्य सम्बन्धी मापदण्डको पालना गर्ने÷गराउने कार्यमा आ–आफ्ना सबै संयन्त्रहरु परिचालन गरी सहयोग र समन्वय गर्न समेत आह्वान गरिएको छ ।