जन्मदिनको अवसरमा शिशिरको एकल चित्रकला प्रदर्शनी
सुर्खेत ।
कलाकार बिक्रम शिशिरको एकल चित्रकला प्रदर्शनीको एक भर्चुअल कार्यक्रमको माध्यम बिच उद्घाटन भएको छ । प्रदर्शनीमा उनका ४७ वटा कलाकृतिहरू राखिएको छ । उक्त कार्यक्रम नगेन न्यूज डटकमको नगेन आर्ट डटकम वेवसाइटले आयोजना गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि साहित्यकार महानन्द ढकालले विक्रमको योगदानको चर्चा गर्दै कलाकारितामा मेहनत निकै चुनौतीपूर्ण भएको बताउनु भयो ।
ती चुनौतिसँग संघर्षगर्दै निरन्तरता दिन सक्नु महत्वपूर्ण कुरा हो । सबै खालका चुनौतीसंग संघर्ष गर्न सक्नु नै शिशिरको सफलताको कारण हो र उहाँलाई प्रेरित गर्ने काम नगेन सिंह ठकुरीको पनि छ भन्दै यस्तो खाले कार्यक्रम भर्चुअलमा समेत प्रयास गर्नु कला पारखीहरुको लागि खुसीको कुरा भएको बताउनु भयो ।
ढकालले भन्नुभयो, कलाकार बिक्रम शिशिर आफुले चाहेर मात्र हुँदैन मेहनत, संजाल, सहकार्य, सहभागिता र धैर्य हुन सकिएनं भने कुनै कुराको स्थायित्व हुदैन साथै कला र कलाकारितामा तिता मिठा अनुभवहरु पनि बढुल्न सक्नुपर्दछ ।
नगेन न्यूज डटकमको संचालक तथा कार्यक्रमको अध्यक्ष ज्योति हमालले काठमाडौँ छंदा कलाकारिता र पत्रकारिता गरिन्थ्यो अरूले मोफसलका कुरा गर्ने गर्थे म दंग पर्थे के होला भनेर । जब पोखरा मा बस्न थालियो तब थाहा भो के हो मोफसल भन्ने । काठमाडौँमा बस्ने कलाकार, साहित्यकार हुन् वा पत्रकार मोफसलकालाई कुनै वास्ता गर्दैनन् उहाँले भन्नुभयो । यहीं सोचलाई अन्त्य गर्न हामीले यस्तो खाले कार्यक्रम गर्ने गरेका हौं उहाँको भनाई थियो । यहि सिलसिलामा कलाकार बिक्रम शिशिरको ३० दिने एकल चित्रकला प्रदर्शनीमा ल्याएको बताउनु भयो ।
कार्यक्रममा विशिष्ट अतिथिको रुपमा बोल्दै कर्णाली साहित्य समाजका अध्यक्ष खगेन्द्र अधिकारी अमृतले भन्नुभयो, एक असल मन कुशल कलाकारिता र कलात्मक बिचारको त्रिकोणात्मक संगम भएकोले पनि शिशिर वसन्त झै मुस्कुराउन सक्नु भएको छ ।
आयोजकको तर्फबाट विश्व कला यात्री प्राज्ञ नगेन सिंह ठकुरीले स्वागत मन्तव्य राख्दै शान्ति, पर्यटन र कला प्रवद्र्धनको नाराका साथ आफूहरु अगाडि बढेको बताउनु भयो । कला क्षेत्रमा लामो समय योगदान गर्नुभएका बिक्रम शिशिरका कला कृतिका पारखी पनि हौ । दैनिक जसो चित्र बनाउने भएकोले अब कस्तो खालको आउँछ होला भन्ने कौतुहलता हुन्छ । यहि मेहनतले शिशिरको परिचय निर्माण भएको ठकुरीले बताउनु भयो ।
शिशिरका चित्रहरु नगेन आर्ट डटकमले एक महिना लामो एकल कला प्रदर्शनी गर्नेछ भने त्यसका साथै शिशिरको मात्र नभई सिङ्गो कोहलपुरको समेत चिनारी हुने भएकोमा खुसी लागेको कथाकार हाम्रो पुर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको उपाध्यक्ष सुमीत्रा न्यौपानेले बताउनु भयो ।
कार्यक्रममा साहित्यकार केशवराज शाही निमेष, कलाकार आयुष्मा ढकाल, आश्विन कोइरालाले आफ्नो मन्तव्य राख्नुभएको थियो । बिक्रम शिशिर कोहलपुर मात्र होइन कर्णाली प्रदेशको पनि गहनाको रूपमा परिचित कलाकार पनि हुनुहुन्छ । उहाँले चित्रमा उतार्ने भाव चानचुने कुरा नभएको कार्यक्रममा सहभागीहरुले बताउनु भयो ।
कार्यक्रमको सहजिकरण कलाकार उषा सुबेदीले गर्नु भएको थियो । शिशिरको कलाकृतिहरू https://www.nagenart.com/solo-art-exhibition-by-raj-bikram-chand/ मा गएर हेर्न सकिन्छ ।






