Loading... आजः ४ असार २०८३, बिहीबार । Thursday 18th June 2026
ताजा खबर
  

प्रदेशसभा सचिवालयले सर्वोच्वको आदेश उलंघन गर्यो : कृषि मन्त्री शाही

सुर्खेत |

कर्णाली प्रदेशसभाले सर्वोच्वको आदेश उल्लंघन गरेको छ।

एमालेका चार सांसद प्रदेशसभाले निलम्बन गर्दा सर्वोच्च अदालतले पुनर्बहाली गरिदिएको भए पनि प्रदेशसभाले पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै पुन निलम्वन गरेको हो।

एमाले नेपाल समूहका चारजना मध्ये सरकारमा रहेका तीन जनालाई प्रदेशसभा सचिवालयले निलम्बन गरेको वताइएको छ।

प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ। नेकपा एमाले संसदीय दल कर्णाली प्रदेश बैठकको निर्णयअनुसार भौतिक विकास मन्त्री अमरबहादुर थापा,उद्योगमन्त्री नन्दसिंह बुढा र भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई एक महिनाका लागि निलम्बन गरिएको भनि प्रदेशसभामा जानकारी आएकाले सोही अनुसार व्यहोरा जानकारी गराइन्छ।

एमाले संसदीय दल नै अवैधानिक रहेको भन्दै राजीनामा नदिने र आफुहरुलाई निलम्वन गर्नै अधिकार केपी एमालेको एमलाल कडेलसंग नभएको भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले वताए।

पुनर्बहालीपछि यसको प्रत्यक्ष प्रभाव प्रदेशसभा सचिवालयमा परेको छ।

कर्णाली प्रदेशमा केपी गुटको विकास विरोधी चरित्र र कुण्ठाका कारण प्रदेश सदन सुचारु हुन सकेको छैन्।