११२ वर्षीयबाट मतदान
म्याग्दी
म्याग्दीको रघुगंगा गाउँपालिका–३ ज्ञानोदय मावि मतदान केन्द्रमा ११२ वर्षीय खड्कबहादुर भण्डारीले मतदान गरेका छन् । जिल्लामा मतदाताले उत्साहपूर्ण रुपमा मतदानमा सहभागिता जनाएका छन् ।
त्यसैगरी जाजरकोटको भेरी नगरपालिका ६ मा ९९ वर्षीय भिमी ओलीले पनि मतदान गरेकी छन् । उनलार्इ नातिले बोकेर मतदान केन्द्रमा पुर्याएका थिए ।






