थप २,४४४ जनामा कोरोना संक्रमण, ४२ संक्रमितको मृत्यु
काठमाडौं ।
पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार ६४० जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा २ हजार ४४४ जनामा कोराना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
६ हजार ६४८ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ५०९ र ४ हजार ९९२ जनाको एन्टीजेन परीक्षण गर्दा ९३५ जना संक्रमित पुष्टि भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभर ४२ जना संक्रमितको मृत्यु भएको छ। मन्त्रालयका अनुसार कोरोनाका कारण हालसम्म ९ हजार ५१ जना संक्रमितको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर ३ हजार ८५३ जना कोरोना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार नेपाल संक्रमित निको हुने दर ९२ दशमलव ६ प्रतिशत रहेको छ । नेपालमा हालसम्म ५ लाख ८८ हजार १८७ जना संक्रमित निको भइसकेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभर ३ हजार ८५३ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाल संक्रमित निको हुने दर ९२ दशमलव ६ प्रतिशत रहेको छ । नेपालमा हालसम्म ५ लाख ८८ हजार १८७ जना संक्रमित निको भइसकेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा ११ हजार ६४० जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा २ हजार ४४४ जनामा कोराना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ६ हजार ६४८ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ५०९ र ४ हजार ९९२ जनाको एन्टीजेन परीक्षण गर्दा ९३५ जना संक्रमित पुष्टि भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभर ४२ जना संक्रमितको मृत्यु भएको छ। कोरोनाका कारण हालसम्म ९ हजार ५१ जना संक्रमितको मृत्यु भएको छ ।






