पहिलो चरणको मतदान शान्तिपूर्ण, ६५ प्रतिशत मत खस्यो
काठमाडौं ।
निर्वाचन आयोगले पहिलो चरण अन्तर्गत ३२ जिल्लामा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मतदान समग्रमा शान्तिपूर्ण रहेको बताएको छ ।
निर्वाचन आयोगमा आयोजित बिशेष पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचन ऐतिहासिक रुपमा सम्पन्न भएकोमा खुसी व्यक्त गरे ।
निर्वाचन अायोगले ६५ प्रतिशत भन्दा बढी मत खसेको अनुमान गरेको छ । प्राविधिक विषय भएकाले खसेको मतको यकिन तथ्यांक अाउन समय लाग्ने प्रमुख अायुक्त यादवले बताए ।
मतदान सम्पन्न भएका उच्च पहाडी र हिमाली ३२ जिल्लामध्ये बाजुरामा सबैभन्दा बढी ८० प्रतिशत मत खसेको आयुक्त यादवले जानकारी दिएका छन् । प्राकृतिक कारणले स्थानीय तहको भन्दा कम मत खसेको अनुमान उनले गरेका छन् ।






