हुम्लामा तारा एअरको विमान दुर्घटना , सबै यात्रु सकुसल, ५ जना सामान्य घाईते
हुम्ला
हुम्लाको सिमकोटबाट सुर्खेत उड्न लागेको तारा एयरको ९एन एबीएम कलसाइन ट्वीनअटर विमान दुर्घटना हुँदा चालक दलका सदस्यसहित दुई जना गम्भीर घाइते भएका छन्।
सिमकोट विमानस्थलबाट सुर्खेत उड्नको लागि रनवेमा कुदिरहेको विमानको पांग्रा पञ्चर भएर रनवेको दक्षिणी भेगमा पुगेको थियो। जहाजको नोज कुच्चिएको छ।
दुर्घटनामा परी क्याप्टेन वसन्त लामा र नेपाल प्रहरीका असई अमृत बराल घाइते भएका छन्। घाइते क्याप्टेन लामाको सिमकोट अस्पतालमा उपचार भइरहेको छ भने असई बराललाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी सुर्खेत ल्याइएको छ। । उनको आँखा नजिकै चोट लागेको छ। अरु यात्रु भने सामान्य घाइते छन्।
क्याप्टेन सहितका यात्रुलाई लिन तारा एयरकै विमान हुम्ला जाँदैछ। विमान चुनावको सुरक्षाका लागि हुम्ला खटिएर फर्कन लागेका १३ जनपद प्रहरी पनि सवार थिए।











