Loading... आजः ७ जेष्ठ २०८३, बिहीबार । Thursday 21st May 2026
ताजा खबर
  

एमाले कानुनी प्रक्रियामा जाने

सुर्खेत ।

कर्णाली प्रदेश सरकारले अध्यादेश मार्फत बजेट ल्याएपछि एमाले भने कानूनी प्रक्रियामा जाने भएको बताइएको छ । एमालेले बारम्बार गरेको संसद अवरुद्धका कारण कर्णालीमा एक महिनासम्म पनि बजेट माथि छलफल हुन सकेको थिएन । एमालेले संसद नै अवरुद्ध गरेपछि अध्यादेश मार्फत बजेट ल्याउनु पर्ने स्थितिको सिर्जना भएको सरकारले बताएसँगै एमाले कानूनी प्रक्रिया जाने भएको हो ।

प्रदेशसभा पास हुनु पर्ने बजेट अध्यादेशमार्फत ल्याएको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले०ले कानुनी प्रक्रियामा जाने बताएको छ । वतर्मान सरकार संबैधानिक रुपमा गठन नभएको यसले अध्यादेशमार्फत बजेट ल्याउन कुनै संबैधानिक अधिकार नभएकाले कानुनी प्रक्रियामा जाने बताएको हो ।

संसद हुँदाहुँदै अध्यादेशमार्फत बजेट ल्याएकाले कानुनी प्रक्रियामा जाने एमाले कर्णाली प्रदेशसभाका सचेतक गुलावजंग शाहले बताए । ‘वर्तमान सरकारको बजेट ल्याउने कुनै हैसियत छैन् ।’ उनले भने,‘गलत प्रत्रियाबाट बजेट आएकाले कानुनी प्रक्रियामा जान्छौं ।’