Loading... आजः १२ बैशाख २०८३, शनिबार । Saturday 25th April 2026
ताजा खबर
  

थप २,५४८ जनामा कोरोना संक्रमण, ५५ संक्रमितको मृत्यु

काठमाडौं ।

पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ५४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टाको अवधिमा देशभर गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा आइतबार थप २ हजार ५४८ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ३३ पीसीआर परीक्षण गर्दा २ हजार १३७ जना र ३ हजार ३४५ एन्टिजेन परीक्षण गर्दा ४११ गरी २ हजार ५४८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ९३ पुगेको छ।

पछिल्लो २४ घण्टामा देशभरबाट २ हजार २९ जना संक्रमणमुक्त भएका छन् ।