Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

दैलेख अस्पताललाई २६ लाखबढिको स्वास्थ्य सामग्री सहयोग

दैलेख ।
कोभिड–१९ को प्रतिकार्यका लागि दैलेख अस्पताललाई २६ लाख मुल्य बराबरको स्वास्थ्य सामग्री सहयोग गरिएको छ । कारितास नेपालले भेभिड १९ प्रतिकार्य परियोजना २०२१ अन्तर्गत रु २६ लाख ३२ हजार ६ सय रुपैयाँ बराबरको सामग्री सहयोग गरेको हो । कारितास नेपाल क्षेत्रिय कार्यालय कोहलपुर बाँकेका क्षेत्रिय संयोजक जनकप्रसाद शर्माका अनुसार अस्पताललाई २० थान अक्सिजन सिलिण्डर, १० थान अक्सिजन कन्सन्ट्रेटर, ३४ थान पल्सअक्सिमिटर, ४ सय ५० थान पीपिई सेट, ५ सय १५ बक्स सर्जिकल मास्क, १ सय बक्स सर्जिकल ग्लोब्स र २ सय १० वटा हेण्डसेनीटाइजर सहयोग गरिएको हो ।

May be an image of 2 people, people standing and outdoors
मंगलवार सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद देवकोटा, नारायण नगरपालिकाका उपप्रमुख सावित्री मल्ल, स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मी, दैलेख अस्पतालका डा। जगत थापा लगाएतको उपस्थितीमा सामग्री हस्तान्तरण गरिएको छ ।

कारितास नेपालले दैलेख अस्पतालमा आपत्तालिन अवस्थामा कोभिड–१९ को उपचारमा आउनु बिरामीहरुलाई आपत्तकालिन सेवा प्रदान गर्न ३ जना स्वयंमसेवकहरु खटाएको क्षेत्रिय व्यवस्थापक शर्माले जानकारी दिनुभयो । उनका अनुसार स्वंयमसेवकहरुबाट २ सय ३० जना व्यक्तिहरुले प्रत्यक्ष रुपमा मनोसामाजिक परामर्श लगाएतका सेवा प्राप्त गरिसकेका छन् ।उक्त सेवालाई थप प्रभावकारी बनाउन हेल्पलाइन नम्बर ९८०१५७३०२९ सञ्चालन गरिने क्षेत्रिय संयोजक शर्माले बताउनुभयो । उहाँ अनुसार स्वयंमसेवकहरुले कोभिड–१९ बाट प्रभावित र अति जोखिममा परेका व्यक्ति तथा परिवारहरुलाई एक जना बराबर दुई हजार दुई सयका दरले ४ सय ८२ जनालाई १२ लाख २५ हजार ४८५ रुपैयाँ बराबरको आइसोलेसन किट उपलब्ध गराईनेछ ।

May be an image of 5 people, people standing and road
कारितासले नेपाल तथा साझेदार सस्था एकता फाउण्डेसन नेपाल मार्फत मानव अधिकार प्रर्वधन, शान्ति निर्माण, सामुदायिक विकास परियोजना, गरिबी तथा विपद् जोखिम न्यूनिकरण परियोजना र आपत्तकालिन मानवीय सेवाको क्षेत्रमा काम गर्दै आइरहेको छ । करिब ३० बर्षदेखि नेपालका ५० बढि जिल्लामा कल्याणकारी सेवा प्रवाह गर्दै आएको संस्थाले हाल दैलेख सहित नेपालका १४ वटा जिल्लाहरुमा नेपाल कोभिड–१९ प्रतिकार्य परियोजना सञ्चालन गरेको बताउनु भयो ।

त्यस्तै पत्रकार माहाँसघ दैलेखका अध्यक्ष यज्ञ थापाले कोरोनाको माहामारीबाट बच्नकोलागि यतिधेरै सामाग्री सहयो गर्ने सँस्था मध्य कारितास नै हो । हामी र हाम्रासाथिहरु कोरोनाबाट प्रभावितहुदा अक्सिजन नपाएर हैरान भएको थियो अब अब दैलेखि जनतालाई कोरोनाबाट बच्नाकोलागि केही राहात हुने बताउनु भयो । कार्यक्रम को प्रमुख अतिथी साहायक प्रमुखजिल्ला अधिकारी हरि प्रसाद देवकोटाले यश करितास नेपालले गरेको कामहरु प्रभावकारी रहेको र यश कार्यले दैलेखमा कोरोनाको तेस्रो भेरियन्स आउदा धेरैसहयोग हुने कुरा बताउनु भयो ,त्यस्तै भरसभापति सावित्री मल्लले कोरोना पोजेटिभभाई अक्सिजन नपाउदा मैले धोका भएकोमा अब कुनैपनि बिरामिले धोका नपाउने कुरा बताउनुभयो ।कारितास नेपाल क्षेत्रिय संयोजक शर्माका अनुसार परियोजनाले स्वास्थ्य संस्थाहरुलाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने, नागरिक सहायता कक्ष सञ्चालन, गर्ने त्यस्तै भगवतिमाई बेस्तडाको अस्पताल आइसोलेसन केन्द्र मा समेत सामग्री व्यवस्थापन गर्ने बताउनुभयो ।हरेक अस्पताल तथा आईसुलेशनमा आउने व्यक्तिहरुलाई आवश्यक सहायता दिने लगाएतका क्रियाकलाप सञ्चालन गरिरहेको बताउनुभयो कार्यक्रममा कार्यालय प्रमुख , साँघसस्था प्रतिनिधि नागरिक समाज पत्रकार सहितको टोलिको रोहोबरमा सामाग्री हस्तान्तरण गरिएको कार्यक्रम कोभिड १९ प्रतिकार्य परियोजना स्वयमसेवक नरेन्द्र केसीले सञ्चालन गर्नुभएको थियो ।

May be an image of 1 person and standing

May be an image of 5 people, people sitting, people standing and outdoors

May be an image of 3 people and people standing

May be an image of 2 people, people standing and outdoors

दैलेखबाट जनक अधिकारीको सहयोगमा ।