Loading... आजः १२ बैशाख २०८३, शनिबार । Saturday 25th April 2026
ताजा खबर
  

देशको अस्थिरताको जड प्रचण्डको अवसरवाद र महत्वकांक्षा : शंकर पोखरेल

दाङ ।

लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा नेकपा एमालेका नेता शंकर पोखरेलले माओवादी अध्यक्ष प्रचण्डमा रहेको अस्थिरता, अवसरवाद र महत्वकांक्षाको संयोजनका कारण देशमा अहिले अस्थिरता सिर्जना भएको आरोप लगाउनु भएको छ ।

शनिबार घोराहिमा दाङका पुराना बामपंथी नेता नेत्रलाल अभागीको शालिक उद्घाटन कार्यक्रममा बोल्दै पाख्रलेलले आफूहरुले भरोसा गरेर चुनावी गठबन्धनसँगै पार्टी एकता गरे पनि प्रचण्डले माधव नेपालको ढाडमा टेकेर एमाले अध्यक्ष केपी शर्मा ओलीको टाउकोमा हान्ने कोसिस गरेको आरोप लगाउनु भयो ।  ‘प्रचण्डलाई आधार बनाएर हामीले चुनावी गठबन्धन ग¥यौं । पार्टी एकता ग¥यौं तर उहाँले ढाडमा टेकेर टाउकोमा हान्ने नीति छोड्नु भएको रैनछ,’ पोखरेलले भन्नुभयो, आजको परिणामले त्यही पुष्टि भएको छ । उहाँले माओवादीका अध्यक्ष प्रचण्डले जनयुद्धकालीन ढाडमा टेकेर टाउकोमा हान्ने नीति नछोडेको टिप्पणी गर्नुभयो ।

पोख्रेलले अन्ततः मुलुक मध्यावधि निर्वाचनमा जाने समेत ठोकुवा गर्नुभयो  । वर्तमान सरकार नचल्ने दाबी गर्दै पोख्रेलले अन्तिम परिणाम निर्वाचन रहेको बताउनु भयो । ‘परमादेशका आधारमा प्रधानमन्त्री हुनुभयो, मन्त्री हुनु भयो, केहि राजनीतिक नियुक्तीहरु गर्नुहोला, तर सरकार चल्दैन,’ उहाले थप्ननु भयो ‘र हेर्नु होला अन्तिम परिणाम भनेकै जनतामा जानु हो ।’ उहाँले जनताका बिचमा जाने कुराको बिकल्प छैन भन्ने कुराको पुष्टि प्रधानमन्त्री शेरबहादुर देउबाले गर्नुपर्ने स्थिती आउने उहाँको दाबी छ । ‘केपी ओलीले त्यहि गर्दा चाहिँ नहुने, देउबा जिले त्यहि गर्दा चाहिँ हुने ?’ उहाले भन्न भयो ‘समयको प्रतिक्षा गरौँ, हुने त्यहि हो ।’उहाले आफ्नो नेतृत्वको प्रदेश सरकार अवसरबादका कारण ढलेको बताउनुभयो । तर उहाँले जनताको मनमा त्यो नेतृत्व कायम गरिसकेको बताउनुभयो  । अब कसैले त्यसलाई खोस्न नसक्ने भन्दै पोख्रेलले प्रदेशमा आँफूले बसालेको जग कसैले भत्काउन नसक्ने बताउनुभयो  । ‘प्राविधिक रुपमा नेतृत्व खोसिएको छ, तर जनताको मनमा हामीहरुले नेतृत्व कायम गरिसकेका छौँ,’ उहाले भन्नुभयो । प्रदेशको नेतृत्व गर्दा संस्थापन मुख्यमन्त्रीको हिसाबले जसन जग बसाल्यौँ, त्यसलाई कसैले भत्काउन सक्ने छैन ।’