Loading... आजः १२ असार २०८३, शुक्रबार । Friday 26th June 2026
ताजा खबर
  

मौन अवधीमा उम्मेदवार मौन तर मसालको प्रचारमा जनता

 नेपालगन्ज, १९ मंसिर ।

मंसिर २१ अर्थात बिहिबार हुन लागेको निर्वाचनको क्रमसँगै उम्मेदवारहरूलाई आजबाट प्रचार प्रसारमा रोक लगाउँदै मौन अवधीको समय तोकिएसँगै उम्मेदवारहरू पूर्ण रूपमा मौन रहेको अवस्थामा स्थानीय जनता आ-आफ्ना उम्मेदवारको समर्थनमा आफ्नै पाराको प्रचारमा जुटेको देखिएको छ । नेपालगन्जको स्थानीय भाषामा आज र भोलीको दिनलाई “कत्लकी रात” भन्ने गरेको पाइन्छ । महिनौ दिनसम्म जति सुकै प्रचार प्रसार गरे पनि वा मतदातालाई आफ्नो बनाए पनि चुनावभन्दा दुई दिन अगाडीको चुनावी भूमिकाले जीत हार हुन सक्ने कुरामा समेत विश्वास लिइन्छ । आज र भोलीको दिनमा पराजय हुन सक्ने उम्मेदवारका समूहले जित्ने उम्मेदवारसँगको मोलतोल हुनसक्ने टिकाटिप्पणी हुनुको साथै मतदाताहरूलाई रिझाउन सक्दो प्रयासरतमा लागेको पाइन्छ ।

मौन अवधीमा उम्मेदवार खुलेर मैदानमा नआएपनि उम्मेदवारका फ्यान जनताहरू स्वस्फुर्त मैदानमा आएका छन । कत्लकी रातको पहिलो दिन मैदानमा बॉके २ को प्रतिनिधि सभा सदस्यको लागि मूख्यत हातले समाएको मसाल चिन्हमा नगरभित्र स्वस्फुर्त रूपमा पहाडी समुदाय लागेको देखियो भने दोश्रोमा सूर्य चिन्हमा एमाले कार्यकर्ताहरू देखा परेका छन् । कत्लकी रातको पहिलो दिनमा मसाल चुनाव चिन्हले बाजी मार्न सक्ने चर्चासँगै सूर्य र गाई चुनाव चिन्ह एकआपसमा झिनो मतको अन्तर हुन सक्ने समेतको चर्चा व्याप्त फैलिएको छ ।

प्रतिनिधि सभा सदस्य पदको लागि चर्चित पहाडी उम्मेदवार नभएको कारण पनि पहाडि समुदायमा उम्मेदवार छनौट गर्न सकस भएको कुरा बाहिर आएको छ । यस्तै बॉके २ को ख तर्फ प्रदेश सभा सदस्यको लागि दुर्गेश गुप्ता, सुरेन्द्र हमाल र विजय गुप्ता मूख्यत रूपमा अगाडी देखिएसँगै कत्लकी पहिलो रातमा कांग्रेस र राप्रपाको अन्तरकलहको केमेस्ट्री नमिलेको कारण स्थिती बिग्रिएको, बामलाई ठुला ठुला उध्योगपति र व्यापारीको अपिलले गर्दा सामान्य व्यापारी तथा आम जनता रूष्ट भएकोले मसालको सानो उमेरका उम्मेदवारलाई मन पराउन बाध्य भएकोले कत्लकी पहिलो रातमा जनता स्वस्फुर्त रूपमा जनता मसालको तर्फ आकर्षित भएको अधिकांश जनताले बताएका छन् । मधेसी उम्मेदवारको छनौटमा अहिले “एक राई एक भाई” को नारा बुलन्द भएको कत्लकी पहिलो रातमा देखिएको छ ।