Loading... आजः १३ बैशाख २०८३, आईतवार । Sunday 26th April 2026
ताजा खबर
  

शहिदको सपना खेर जान दिँदैनौः मन्त्री नेपाली

सुर्खेत ।
कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री सीता नेपालीले शहिदको सपना खेर जान नदिने बताएकी छन् । शहिद याम बिसी स्मृति प्रतिष्ठानले याम बहादुर बिसीको सम्झनामा प्रकाशित गरेको शहिद याम बहादुर बिसी स्मृति ग्रन्थको विमोचन कार्यक्रममा बोल्दै मन्त्री नेपालीले यस्तो बताएकी हुन् ।


कर्णाली प्रदेश चार जनाले दिएको बलिदानी र सयौं घाइते नागरिकहरुको संघर्षबाट प्राप्त भएको स्मरण गर्दै मन्त्री नेपालीले भनिन्, शहिदहरुको बलिदानीलाई सरकारले उच्च कदर गरिरहेको छ ।

प्रदेश प्राप्तिको आन्दोलनमा सुर्खेतका टिकाराम गौतम, यामबहादुर विसी, गोपाल सिंह रजवार र जुम्लाका हरिबहादुर कुँवरले शहादत प्राप्त गरेका थिए । जसको बलिदान अमुल्य रहेको मन्त्री नेपालीको भनाई थियो । कर्णालीवासीले प्रदेश प्राप्त गरेको आजको दिनलाई खुसीायाली साथ मनाउन उनले आग्रह समेत गरिन् ।

शहिद यामबहादुर विसी प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री नेपालीले भनिन्, शहिद पार्क निर्माण गरिएको र परिवारका सदस्यहरुलाई रोजगारीमा जोड्ने सरकारको योजना रहेको छ । ‘परिवर्तनका लागि भएका विभिन्न आन्दोलनहरुमा ज्यान गुमाएका शहिदहरुको विवरण संकलन गर्ने तयारीमा छौं,’ मन्त्री नेपालीले भनिन्, ‘विवरणले शहिद परिवारका सदस्यहरुको अवस्था बुझेर आवश्यकताका आधारमा कार्यक्रमहरु सञ्चालन गर्ने मन्त्रालयको तयारी छ ।’

शहिदको सम्झनामा प्रदेश सरकारले आज सार्वजनिक बिदा मात्रै दिएको छ । बरु सार्वजनिक बिदाको सट्टा आजको दिन प्रदेश प्राप्तिको लागि उत्सवको रुपमा मनाउनु उपयुक्त हुने राहुल स्मृति प्रतिष्ठानकी अध्यक्ष हरिमाया शर्माले बताइन् । उनले भनिन, शहिदहरुले दिएको बलिदानमा शहिदहरुको सहि सदुपयोग गरि चोक र पार्कको निमार्ण गरिनु पर्छ ।

यसैगरी कार्यक्रममा माओवादी केन्द्रका नेता कृष्ण जिसीले भने, नेपाली राजनीतिकमा भएको उपलब्धी शहिदको बलिदानीले भएको हो । वर्तमान संविधान कसैको अनुग्रहले नभई आन्दोलन र शहिदको बलिदानीले प्राप्त भएको हो । संघीयतापछि देशले विकासमा फड्को मार्न थालेको भएपनि केही स्वार्थी व्यक्तिहरुको प्रबृतिले समस्या उत्पन्न भएको छ त्यो पनि छिटै समाधान हुने विश्वास छ । सबैका आवश्यकताहरु पूरा हुन समय लाग्ने बताउँदै उनले भने, शहिदका सपना साकार पार्नका लागि र प्राप्त उपलब्धीको रक्षा गर्न सकेमा मात्र सच्चा श्रद्धाञ्जली हुन्छ ।

यसैगरी राजमोका विष्णु रिजालले भने, हाम्रो पार्टी संघीयता विरोधी भएपनि शहिद सबैका साझा हुन हामी शहिदका सपना पूरा गर्नका लागि यो वा त्यो भनिकन एकजुट भएर लाग्न सक्नुपर्छ ।

याम विसी स्मृति प्रतिष्ठनका अध्यक्ष शेर बहादुर बुढाको अध्यक्षतामा कार्यक्रममा भएको कार्यक्रमको सहजीकरण खगेन्द्र अधिकारीले गरेका थिए । प्रदेश प्राप्तीमा ज्यानको बलिदान दिएका कर्णाली प्रदेश स्थापना तथा प्रदेश शहिद दिवसको रुपमा सरकारले भाद्र ४ गते (आज) कर्णाली प्रदेशमा सार्वजनिक विदा समेत दिएको छ ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

May be an image of 5 people, people standing, cake, flower and indoor

May be an image of 1 person, standing and indoor