Loading... आजः २४ श्रावण २०८३, आईतवार । Sunday 9th August 2026

‘राष्ट्रिय व्यक्तित्व तथा स्रष्टा सम्मान’बाट कलाकारहरु सम्मानित

काठमाडौं |

पेजेन्ट कोरियोग्राफर अश्विनी कान्त झा राष्ट्रिय व्यक्तित्व तथा स्रष्टा सम्मान २०७८ बाट सम्मानित भएका छन् ।

राष्ट्रिय युवा प्रतिभा सम्मान २०७७ बाट सम्मानित भइसकेका झालाई रिवन इन्टरटेन्मेन्टको ७ औं वार्षिकोत्सव समारोहमा गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले दोसल्ला ओढाएर प्रमाणपत्रसहित सम्मान गरे । समारोहमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारी, नेपालकी प्रथम नायिका भुवन चन्द र रिवन इन्टरटेन्मेन्टका निर्देशक निशुकान्त झा सहभागी थिए ।

झा विगत लामो समयदेखि पेजेन्ट तथा फेशन कोरियोग्राफी संलग्न छन् ।

समारोहमा चलचित्र, सङ्गीत, समाजसेवा, मनोरंजन, फेसन डिजाइन, पेजेन्ट लगायतका क्षेत्रमा कार्यरत विभिन्न व्यक्तित्वहरूलाई पनि सम्मान गरिएको थियो ।

जसमा अभिनेता धिरेन शाक्य, प्रदीप बास्तोला, शुशील श्रेष्ठ, अभिनेत्री साक्षी लम्साल, हास्य अभिनेता गोपाल ढकाल (छन्दे), फिल्म निर्देशक सुदर्शन थापा, राजु अधिकारी, म्युजिक भिडियो निर्देशक बिधान कार्की, फिल्म निर्माता नबिन अधिकारी, फिल्म लेखक शिवम अधिकारी, संगीतकार अर्जुन पोखरेल, गीतकार दयाराम पाण्डे, कोरियोग्राफर रामजी लामिछाने, फेसन डिजाइनर अमित झा, मिसेस एशिया प्यासिफिक/मिसेस नेपाल इन्टरनेसनल चन्दा थापा गिरी, पेजेन्ट निर्देशक बालकृष्ण पोखरेल र प्रिती कार्की, अटो व्यवसायी तथा नाडाका केन्द्रीय सचिव अनुप के. बराललगायत ६ दर्जन बढी स्रष्टा आफ्नो योगदानका लागि सम्मानित भए ।