Loading... आजः २८ बैशाख २०८३, सोमबार । Monday 11th May 2026
ताजा खबर
  

हुम्ला प्रदेशसभा ‘ख’ मा कांग्रेसका जीवन शाही विजयी

हुम्ला ।

हुम्ला प्रदेशसभा(ख) मा कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री जीवनबहादुर शाही विजयी भएका छन् ।

कांग्रेसका शाहीले माओवादी केन्द्रका विजय भण्डारीलाई पराजित गरेका हुन् । यो कांग्रेसको प्रदेश ६ को पहिलो जित हो ।

 

शाहीले चार हजार ५१९ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी माओवादीका भण्डारीले ३९ सय ९३ मत ल्याएका हुन् ।

यस्तै नयाँ शक्तिका प्रेम शाहीले ७२२ मत ल्याएका छन् ।

विजयी भएका शाही कांग्रेसका प्रदेश नं. ६ का मुख्यमन्त्रीका दावेदार थिए ।