Loading... आजः ७ जेष्ठ २०८३, बिहीबार । Thursday 21st May 2026
ताजा खबर
  

यी हुन् कर्णालीबाट विभुषित हुनेहरु

सुर्खेत ।

संविधान दिवसको अवसरमा सरकारले आज विभूषित गर्नेहरुमा कर्णालीका धेरैकाे नाम समावेश छन् । यी मध्य कर्णाली प्रदेश अस्पतालका प्राध्यापक डाक्टर डम्बर खड्कादेखी प्रहरी जवान सुनिता विकसम्म रहेका छन् ।

सुकीर्तिमय राष्ट्रदीप पदकबाट सम्मानित हुनेमा प्रदेश अस्पतालका डा. खड्का र दैलेखका अधिवक्ता गोविन्दप्रसाद शर्मा कोइराला छन् । प्रसिद्ध प्रबल जनसेवाश्री पदक जाजरकोटका समाजसेवी एवम् राजनितिज्ञ राजिव विक्रम शाह छन् । सुप्रवल जनसेवाश्री पदक पाउनेमा चन्दननाथ नगरपालिका जुम्लाका मेयर कान्तिका सेजुवाल, जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालय सुर्खेतका सचिव आनन्द सारु र कर्णाली प्रदेश अस्पतालका डा. गणेश खड्का छन् ।

यस्तै, प्रवल जनसेवाश्री पदकमा सुर्खेतका प्रजातान्तिक आन्दोलनका योद्धा स्व. मानसिंह विश्वकर्मा, रुकुमपश्चिमका राजनितिज्ञ एवम् समाजसेवी स्व. कामी बुढा, सोही जिल्लाका राजनितिज्ञ स्व विश्वेश्वर पोखरेल, स्व एकेश्वर शर्मा, स्व. दौलतरा घर्ती, कालिकोटका स्व. कमलबहादुर विष्ट र अमरबहादुर विक छन् ।

यस्तै, प्रवल जनसेवाश्री पदकबाट सम्मानित हुनेमा जिल्ला प्रशासन कार्यालय कालिकोटका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य, मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय सुर्खेतका उपसचिव हेमबहादुर राना, भेरी बबई डाइभर्सन कार्यालयका सिडिई ईश्वरीप्रसाद तिवारी, ऊर्जा तथा जलश्रोत मन्त्रालयका सिडिई धम्रेन्द झा, स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका प्रमुख डा. रविन खड्का, प्रदेश अस्पतालका बालरोग विशेषज्ञ डा. नवराज केसी छन् ।

यस्तै, जिल्ला वन कार्यालय सल्यानका सहायक वन अधिकृत रमेशकुमार गिरी, शिवालय गाउँपालिका जाजरकोटका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर विश्वकर्मा, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतका खाद्य अनुसन्धान अधिकृत भेषबहादुर थापा, नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र दैलेखका ईलेक्ट्रिक इन्जिनियर शिवजी साह र स्वास्थ्य कार्यालय कालिकोटका जनस्वास्थ्य अधिकृत कटकबहादुर शाही छन् ।

जन सेवाश्री पदकबाट सम्मानित हुनेमा कोपिला भ्याली सेवा समाज सुर्खेत, जनज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद सिग्देल, पत्रकार नगेन्द्र उपाध्याय, नरहरीनाथ गाउँपालिका ४ मा कार्यरत स्वास्थ्यकर्मी सुनिता सहकारी, स्वास्थ्य कार्यालय हुम्लाका अनमी सरीता बोहोरा, ग्रामिण सडक सञ्जाल सुधार आयोजना कार्यान्वयन ईकाई रुकुम पश्चिमका नायव सुब्बा तोषराज केसी, मालपोत कार्यालय डोल्पाका नायब सुब्बा रामकृष्ण उपाध्याय, स्वास्थ्य सेवा कार्यालय डोल्पाका स्टाफ नर्स दिलकुमारी बुढा र स्वास्थ्य बीमा बोर्ड सुर्खेतका अनमी प्रतिभा कोइराला छन् ।

नेपाल सेवा प्रविण पदकमा त्रिवेणि गाउँपालिका वडा नम्बर ४ मा कार्यरत स्वर्णिमकुमार बाँठा र चौरजहारी नगरपालिका ४ नम्बर वडा कार्यालयमा कार्यरत पुष्पा वादी छन् । नेपाल प्रताप भूषण पदक पाउनेमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखमा कार्यरत प्रहरी जवान सुनिता विक छन् ।