Loading... आजः २६ बैशाख २०८३, शनिबार । Saturday 9th May 2026
ताजा खबर
  

सुर्खेतमा पनि मनाइयो भ्रष्टाचार विरुद्ध अन्तर्राष्ट्रिय दिवस

सुर्खेत ।
भ्रष्टाचार विरुद्ध अन्तर्राष्ट्रिय दिवस सुर्खेतमा पनि एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरि ‘विकास, शान्ति र सुरक्षाका लागि भ्रष्टाचार विरुद्ध एक्यवद्धता’ भन्ने मुल नाराका साथ मनाइएको हो । देशमा व्याप्त भ्रष्टाचारलाई न्यूनिकरण गर्दै भ्रष्टाचार अन्त्य गर्नु पर्ने अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले आयोजना गरेको उक्त कार्यक्रममा विभिन्न सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधिहरु, सुर्खेतका प्रमुख जिल्ला अधिकारी सीताराम कार्की, गैरसरकारी संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरु, स्थानीय तहका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको प्रमुख अतिथिमा क्षेत्रीय प्रशासक सुरेश प्रधान रहनु भएको थियो भने कार्यक्रमको अध्यक्षता अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका प्रमुख रविलाल पन्त रहनु भएको थियो । कार्यक्रममा विश्वमा भ्रष्टाचारको अवस्था साथै नेपालमा भ्रष्टाचारको अवस्था, अख्तियारको काम, कर्तव्य र अधिकार क्षेत्रका बारेमा जंगबहादुर डाँगीले प्रस्तुतीकरण गर्नुभएको थियो ।
कार्यक्रमको सहजीकरण अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकोटाले गर्नुभएको थियो ।

कार्यक्रम स्थलमा भ्रष्टाचार विरुद्धको एक्यवद्धतामा आशा सञ्जाल सुर्खेतले हस्ताक्षर संकलन समेत गरेको थियो ।