Loading... आजः ११ आश्विन २०८३, आईतवार । Sunday 27th September 2026

अनेम संघ (एकिकृत समाजवादी) सुर्खेतको भेला सुरु

सुर्खेत ।
अखिल नेपाल महिला संघ (एकिकृत समाजवादी) सुर्खेतको जिल्ला भेला तथा प्रथम बैठक सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको छ । भेलाको उद्घाटन शर्तलाई सम्बोधन गर्दै खाँडाचक्र नगरपालिका कालिकोटका उपप्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि विजया विष्टले पछिल्लो समयमा देशमा विकसित भएको राजनीतिक अवस्थाको चिरफार गर्नका लागि अखिल नेपाल महिला संघ (एकिकृत समाजवादी) को आवश्यक भएको बताउनु भयो ।

No description available.
उहाँले भन्नुभयो, ‘हामी महिलाहरु चुलोचौकोमा मात्र सिमित नभएर देश निर्माणका लागि पनि योगदान दिनका लागि राजनीतिक अग्रमोर्चामा होमिएको खण्डमा मात्र देश समृद्धि तर्फ अघि बढ्न सक्छ ।’ केपी ओलीको निरंकुशतालाई ढाल्नका लागि जुन संघर्ष भयो त्यसको उपजबाट आज एकिकृत समाजवादी पार्टी निर्माण भएको बताउँदै अखिल नेपाल महिला संघ (एकिकृत समाजवादी) राजनीतिक रुपमा कसैले रोक्न र छेक्न नसक्ने उहाँले जिकिर गर्नुभयो ।

No description available.
कार्यक्रममा कर्णली प्रदेश सभा सदस्य देवी ओली, लक्ष्मी ज्ञवाली, विमला थापा, नेकपा (एकिकृत समाजवादी) सुर्खेतका अध्यक्ष मोहन बडुवाल, सचिव शिवप्रसाद उपाध्यायलगायत कूलदिप भट्ट, केदार कंडेल, वीरेन्द्रनगर नगर समितिका अध्यक्ष लोकप्रसाद चालिसे, बीरबहादुर रावत, टोपबहादुर रास्कोटीलगायतको उपस्थिति रहेको उक्त बैठक तथा भेला अखिल नेपाल महिला संघ (एकिकृत समाजवादी) कर्णाली प्रदेश समिति सदस्य धनकुमारी जिसी शाहीको अध्यक्षतामा सुरु भएको छ ।