Loading... आजः १० बैशाख २०८३, बिहीबार । Thursday 23rd April 2026
ताजा खबर
  

वीरेन्द्रनगरमा ट्राफिक सचेतनामुलक कार्यक्रम

सुर्खेत ।

कर्णाली अटो मोबाईल्स एसोसिएसन नेपालले वीरेन्द्रनगरमा ट्राफिक सचेतनामुलक कार्यक्रम गरेको छ । ट्राफिक जनचेतना मार्फत दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले आइतबार जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको समन्वय र सुर्खेत होराईजन एकेडमी, र नाडा अटो मोबाईल्स एसोसिएसन अफ नेपालको सहयोगमा नेपालले ट्राफिक सचेतनामुलक कार्यक्रम गरेको हो । अटो मोबाईल्स एसोसिएसन प्रदेश अध्यक्ष भद्र भण्डारीका अनुसार पर्चापम्प्लेट, हर्न निशेध स्टिकर सवारी साधनमा टास्ने कार्य गरिएको थियो ।

वीरेन्द्रनगरमा ट्राफिक सचेतनामुलक कार्यक्रम

साथै कोरोना रोकथाम र नियन्त्रणका लागि ‘तपाईंको मास्कखोई अभियान’ सहित निशुल्क माक्स वितरण गरिएको थियो । एसोसिएसनले ट्राफिक प्रहरीलाई ५० थान फ्लोरिसेन्ट ज्याकेट ५० थान हस्तान्तरण गरेको छ । प्रमुख उपेन्द्रप्रसाद आचार्यलाई ज्याकेट हस्तान्तरण गरिएको उनलेले जानकारी दिए ।

कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावत, प्रदेश ट्राफिक प्रहरी प्रमुख राकेश सिंह, जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी पदम बिष्ट, सुर्खेत उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष हर्शबिक्रम खड्का, होराईजन एकेडेमीका प्लसटु ईन्चार्ज मनोज एमसी, एकेडेमीका विद्यार्थीहरु, कर्णाली अटो मोबाईल्स एसोसिएसनका पदाधिकारी र सदस्य, ट्राफिक प्रहरी र जनपथ प्रहरीहरुलागयतको सहभागिता रहेको थियो ।