बजार अनुगमनमा तिब्रता
सुर्खेत ।
वीरेन्द्रनगर नगरपालिका सुर्खेतको आयोजना तथा जिल्ला प्रशासन कार्यालय सुर्खेत, खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेत, वीरेन्द्रनगर नगर प्रहरी, उपभोक्ता हित संरक्षण मञ्च नेपाल, सुर्खेत उद्योग वाणिज्य संघको संयुक्त टोलीले बजार अनुगमन गरेको छ ।
अनुगमनका क्रममा सुर्खेतको खसी बधशाला, मासु बिक्री केन्द्र तथा डेरी उद्योगहरुको अनुगमन गरेको वीरेन्द्रनगर नगरपालिका उद्योग तथा नियमन शाखा प्रमुख इन्द्रबहादुर थापाले बताए ।
खसी बधशाला, मासु विक्री केन्द्र तथा डेरी उद्योगहरुको अनुगमनको क्रममा केही पसलहरु मापदण्ड अनुसार सरसफाइ नभएको, कतिपय पसलहरुमा मूल्यसूची टाँस नभएको, कुनै पसलहरु नियमानुसार सम्बन्धि निकायमा दर्ता प्रक्रियामा नगएका, खाद्य अनुज्ञापत्र प्राप्त नगरेका देखिएको उनीहरुलाई मापदण्ड अनुसार प्रक्रिया पूरा गर्न सचेत गराइएको थापाले जानकारी दिए ।

अनुगमन गरिएका पसल तथा ग्राहकहरुलाई सचेतनाका लागि पर्चा पप्लेटहरु समेत विरतण गरिएको थापाले जानकारी दिए ।
दशैं तिहार जस्ता पर्वहरुलाई लक्षित गरि नगरपालिकाले बजार अनुगमनलाई तिब्र पारिरहेको छ । विशेष समयमा भन्दा पनि निरन्तर बजार अनुगमन गर्नुपर्ने सर्वसाधारणहरुले बताउँदै आएका छन् ।










