Loading... आजः २४ जेष्ठ २०८३, आईतवार । Sunday 7th June 2026
ताजा खबर
  

जुम्ली घोडाको महत्त्व प्रवर्द्धनका लागि घोडा दौड हुदै

जुम्ला ।

जुम्ली घोडाको महत्त्व र प्रवर्द्धनका लागि जुम्लामा  घोडा दौड हुनेभएको छ । अघिल्लो वर्ष कोरोनाको जोखिमका कारण रोकिएको जुम्ली घोडा दौड प्रतियोगिता हरेक बर्ष दशैको अवसरमा फुलपातीका दिन सो जुम्ली घोडा दौड यो वर्ष पुनस् संचालन हुने भएको छ । जिल्लामा विगत पाँच वर्षदेखि कर्णाली स्पोर्टस् क्लबले आयोजना गर्दै आएको प्रतियोगिता अघिल्लो वर्ष कोरोनाको उच्च जोखिमका कारण रोकिए थियो।

परापुर्व कालमा जुम्ली घोडाको महिमा इन्डिया र चीनको सिमानासम्म रहे पनि हाल आएर लोप हुने स्थितिमा पुगेपछि प्रतियोगिता मार्फत जुम्ली घोडाको महत्त्व प्रवर्द्धन गर्न लागिएको कर्णाली स्पोर्टस् क्लबका अध्यक्ष सरोज शाहीले बताउनुभयो ।

इतिहास, ठ्याक्कै तिथि मिति त हामीलाई पनि थाहा छैन। तर जुन दिनदेखि हामी जान्ने भयौं, त्यतिबेला जुम्ला एयरपोर्टमा घोडा दौड प्रतियोगिता हुने गरेको देखेका थियौँ क्लबका अध्यक्ष शाहीले भन्नुभयो, ‘एयरपोर्ट पिज भएपछि बन्द भयो। लामो समय बन्द भएको जुम्ली घोडा दौड प्रतियोगितालाई पुनस् संचालन गरि पर्यटन प्रवर्द्धनमा जोड दिने उदेश्य रहेको छ। कुनै बेला जुम्ली घोडाको बजार ठुलो थियो। महत्त्व र महिमा पनि उस्तै थियो। परम्परागत यातायातका साधनहरु पनि घोडा नै थिए। दरबार देखि जनताका उपभोग्य समान भोट मधेस गर्ने पनि घोडा नै थिए।  विकसित यातायातको साधनले जुम्ली घोडा लोप हुने स्थिति पुगेकोले पुरानो संस्कृति जोगाइ राख्न प्रतियोगिता संचनलनमा बल पुगेको अध्यक्ष शाहीले बताउनुभयो ।’

सो प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । यो बर्ष समयमै प्रतियोगिता सकाउनका लागि बीस वटा प्रतियोगिलाई समेट्ने योजना बनाएका छौं ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश पाँच हाजार, तीन हजार र दुई हजार पुरस्कारको व्यवस्था गरिएको कर्णाली स्पोर्टस् क्लब जुम्लाले जनाएको छ ।