Loading... आजः २३ आश्विन २०८३, शुक्रबार । Friday 9th October 2026

कुटपिटमा संलग्न फरार व्यक्ति मृत अवस्थामा फेला

जाजरकोट ।
कुटपिटमा संलग्न फरार व्यक्ति मृत अवस्थामा भेटिएका छन् । यही मंसिर ३ गतेसाँझ भेरी न.पा.–०१ कालेगाँउ भेरी नदिको झुलुङ्गे पुल नजिकै बस्ने वर्ष १९ को सन्तोष परियार, शिवराज परियार, सर्जन खत्री र केश बुढा मगरहरुलाई रुकुम जिल्लामा मेला हेर्न गएर फिर्ता हुने स्याँला बस्ने अन्दाजी १९ वर्षका प्रकाश जंग शाह, प्रेम जंग शाह, रितेश शाही र प्रविण जंग शाह लगायतका केटाहरुले कुटपिट तथा ढुङ्गा प्रहार गरी सन्तोष परियारलाई टाउको र हातमा चोट लागी जिल्ला अस्पताल जाजरकोटमा ल्याई उपचार पश्चात घर तर्फ गएको र कुटपिटमा संलग्न केटाहरु भागेर घरतर्फ गएकोले अस्थायी प्रहरी पोष्ट स्याँला जाजरकोटबाट प्रहरी सहायक निरिक्षक याम बहादुर पुनको कमाण्डमा खोजतलास गर्ने क्रममा फेला नपरेको कुटपिट गर्ने मध्येका प्रविण जंग शाह, प्रेम जंग शाह र रितेश शाही घरमा सम्पर्कमा आएको र निज प्रकाश जंग शाह सम्पर्कमा नआए पछी आफन्तहरुले दिएको जानकारीका आधारमा प्रहरीले खोजतलास गर्ने क्रममा प्रकाश जंग शाह मृत अवस्थामा लाश फेला परेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।