पूर्वमन्त्री र जिल्ला सभापति महाधिवेशन प्रतिनिधिमा पराजित
सुर्खेत ।
काँग्रेस १४ औं महाधिवेशन अन्तरगत सुर्खेत निर्वाचन क्षेत्र नं २ बाट पूर्वमन्त्री शिवराज जोशी र पूर्वराज्यमन्त्री खड्गबहादुर बस्याल महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । पूर्व मन्त्री जोशीले तीन सय १० मत मात्रै पाएका छन् ।
त्यस्तै केन्द्रीय महाधिवेशनमा दलिततर्फ उम्मेदवार बनेका बस्यालले तीन सय दुई मत मात्रै पाएका छन् ।
यस्तै काँग्रेस सुर्खेतका जिल्ला सभापति कमलराज रेग्मी पनि महाधिवेशन प्रतिनिधिमै पराजित भएका छन् ।
रेग्मी १४ औं महाधिवेशन अन्तरगत सुर्खेत निर्वाचन क्षेत्र नं २ बाट महाधिवेशन प्रतिनिधिमै पराजित भएका हुन् । उनले तीन सय २० मत मात्रै पाएका छन् । उनले सभापतिमा दोहोरिने तयारी गरेका थिए । जिल्ला सभापति रेग्मी, पूर्वमन्त्री जोशी र बस्याल वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका हुन् ।
सुर्खेतमा वडा तहदेखि नै संस्थापन समूह (देउवा) पक्ष बलिलो बनेको छ । दुवै निर्वाचन क्षेत्रको कार्यसमिति र महाधिवेशन प्रतिनिधिमा संस्थापन समूह (देउवा) पक्षले जितेको छ ।






