रातो जूनको विमोचिन
सुर्खेत ।
प्रलेश कर्णाली प्रदेशको प्रशासन रातो जूनको विमोचन भएको छ ।

डा. दीपक गौतमले एक कार्यक्रमका बीच उक्त साहित्यिक पत्रिकाको विमोचन गरेका हुन् । प्रलेश कर्णाली प्रदेशको आयोजनामा भएको कार्यक्रममा रातो जूनको विमोचन गर्दै डा. गौतमले भने, ‘हामीले सिर्जना गर्ने साहित्यले समाज परिवर्तनमा भूमिका खेल्न सक्नुपर्छ । लोकसाहित्यको संकलन र जगेर्नाका लागि अहम् भूमिका खेल्न आवश्यक भएको बताउँदै साहित्यकारहरुको विचार फरक भएपनि लक्ष्य एउटै रहेको उनले बताए ।
कार्यक्रममा एक दर्जन बढी साहित्यकाहरुले रचना वाचन समेत गरेका थिए । रातो जूनको समीक्षा युद्धविक्रम शाहीले गरेका थिए भने स्वागत हस्तराज रेग्मीले गरेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष गिरीराज बुढाको अध्यक्षतामा भएको थियो । कायक्रमको सहजिकरण सचिव हरिलाल महताराले गरेका थिए ।






