Loading... आजः ७ फाल्गुन २०८२, बिहीबार । Thursday 19th February 2026
ताजा खबर
  

मत विभाजनमा नपुगेरै प्रदेश सभा स्थगीत

सुर्खेत ।
कर्णाली प्रदेशसभा बैठक भोली (बुधबार) सम्मका लागि स्थगित भएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठक मत विभाजनमा प्रवेश नगरी स्थगित भएको हो ।

आजको बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मतसम्बन्धी प्रस्ताव सांसदमा पेश गर्नुभएको छ । बैठक सुरू भएलगत्तै सभामुख राजबहादुर शाहीले संसद आह्वानका लागि प्रदेश प्रमुखले पठाएको पत्र पढेर सुनाउनु भएको थियो । त्यसपछि सरकारमा मन्त्रालयको जिमेवारी हेरफेर सम्बन्धी पत्र सुनाएर मुख्यमन्त्रीलाई विश्वासको मत माग्ने समय सभामुखले उपलब्ध गराउनु भयो ।

मुख्यमन्त्रीले विश्वासको मतको लागि प्रस्ताव पेस गरेपछि बैठक स्थगित गरिएको हो । बैठक बुधबार दिउँसो १ बजे बस्नेछ । प्रमुख विपक्षी दल नेकपा एमालेका सांसदहरु पार्टी महाधिवेशनका सिलसिलामा चितवनमै रहेकाले मंगलबारको बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालय स्रोतले बताएको छ ।