वीरेन्द्रचोकमा पुनः राजा वीरेन्द्रको शालिक
सुर्खेत ।
झण्डै १६ वर्षपछि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित वीरेन्द्रचौकमा स्व. राजा वीरेन्द्रको शालिक राखिएको छ । लामो समयदेखि एक पक्षले राख्नु पर्ने र अर्काे पक्षले राख्न नहुने विवादकै कारण शालिक स्थापना गर्न सकिएको थिएन् । तर स्वतन्त्र सुर्खेतीबासी जनता समूहले राजा वीरेन्द्रको शालिका राखेका हुन् । स्व. राजा वीरेन्द्रको जन्मजयन्तीको अवसर पारेर उक्त शालिक राखिएको छ ।
यो समूहको अगुवाइ गोरक्ष पिठादिस योगी बलभद्रले गरेका हुन् । बलभद्रकै अगुवाइ युवाहरूको समूहले वीरेन्द्रचौकमा शालिका राखेको हो । राजतन्त्र विरूद्ध भएको २०६२–६३ सालको जनआन्दोलनका क्रममा माओवादीका कार्यकर्ताहरुले राजा वीरेन्द्रनको शालिक तोडफोड गरि फालेका थिए ।
वीरेन्द्रचोकमा राजाको शालिक नभएपछि नाममात्र वीरेन्द्रचोक थियो । राजाको शालिक राखेपछि साँच्चिकै वीरेन्द्रचोक जस्तो भएको स्थानीय धनबहादुर थापाले बताए । पुराना इतिहास, सम्पदा र संस्कृतिको जगेर्ना गर्नुको साटो विभिन्न उछृङ्खल कार्य गर्नेहरुले सभ्यतालाई मास्न खोजेका छन् थापाले भने । राजाको शालिक राख्दैमा विहान बेलुका पूजा गर्नुपर्छ भन्ने होइन तर हाम्रो सभ्यता के थियो इतिहास के थियो भन्ने कुराको ज्ञात त हुन्छ नि उनले थपे ।









