Loading... आजः २५ श्रावण २०८३, सोमबार । Monday 10th August 2026

प्रत्येक महिना प्रगती विवरण दिन मन्त्री सिंहको आग्रह

सुर्खेत ।
बजेट खर्च न्यून भएपछि कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले जिल्ला स्थित कार्यालय प्रमुखलाइ प्रत्यक महिनाको प्रगती विवरण पठाउन निर्देशन दिनुभएको छ ।

१० जिल्लाका कार्यालय प्रमुखसँग छलफल गर्दै मन्त्री सिंहले प्रत्यक महिना खर्चको विवरणसँगै प्रगती विवरण पेश गर्न आग्रह गर्नुभएको हो । बजेट कार्यन्वनमा समस्य देखिएपछि के कारणले समस्या भएको हो वा किन भएन भन्ने कुरा समेत अवगत गराउन मन्त्री सिंहले आग्रह गनुभएको छ । अहिले सम्मा मन्त्रालयको विकास खर्च ७ प्रतिशत मात्र भएको छ । १५ लाख भन्दा तलका योजनाहरु कार्यन्वन नगर्न सरकार र प्रमुख प्रतिपक्ष दल बीच भएको सहमति अनुसार काम गर्न समेत मन्त्री सिंहले आग्रह समेत गर्नुभएको छ । परिणाम नआउने खालका योजनाहरु जथाभावी बाँडेपछि त्यसको कार्यन्वनमा प्रश्न चिन्ह खडा गरिएको थियो ।

१० जिल्लाका खानेपानी सिँचाइ तथा उर्जा विकास कार्यालय , नेपाल विद्युत प्राधिकरणका १० जिल्लाका प्रमुख र नेपाल विद्युत प्राधिकरण कर्णाली प्रदेशका प्रमुख र वन निर्देशनालय छलफल समेत गरिएको छ । विकास निर्माणका काम गर्दा बाधा अड्चन आएमा तुरुन्तै आफूलाइ सम्पर्क गर्न मन्त्री सिंहले आग्रह गर्नुभयो ।

त्यस्तै मन्त्री सिंहले सुर्खेतको बीरेन्द्रनगर १२ शिवनरमा विद्युतीकरण नआएका कारण समस्य देखिएको गुनासो मन्त्रालयमा आएपछि मन्त्री सिंहले नेपाल विद्युतीकरण आइतबार नै गर्न तुरुन्तै काम गर्न नेपाल विद्युत प्राधिकरण कर्णाली प्रदेशलाइ निर्देशन दिनुभएको छ । आइतबार सो ठाउँमा विद्युत जडान गर्न समेत आग्रह गर्नुभएको छ ।