Loading... आजः ११ असार २०८३, बिहीबार । Thursday 25th June 2026
ताजा खबर
  

राप्रपाको महिला संगठनले महंगी विरुद्ध ठटायो थाल

सुर्खेत ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारले आफ्नो माग पूरा नगरे तेस्रो चरणको आन्दोलन गर्ने चेतावनी दिएको छ । यसैक्रममा बुधवार सुर्खेतलगायत देशभर बढ्दो महंगीबिरुद्ध दोस्रो चरणको आन्दोलन गरेको राप्रपाले महंगीबिरुद्ध पार्टीले सरकारलाई गराएको ध्यानाकर्षणको अवहेलना भए तेस्रो चरणको आन्दोलन गर्ने चेतावनी दिएको हो ।

May be an image of 6 people, people standing and outdoors
राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले प्रादेशिक राजधानी सुर्खेतलगायत संघीय राजधानी काठमाडौं र देशभरका जिल्ला सदरमुकाममा थाल ठटाएर बिरोध प्रदर्शन गरेको छ । काठमाडौंको भृकुटीमण्ड, लतिपुर, भक्तपुर लगायत मुख्य शहरमा पनि बिरोध प्रदर्शन गरेको राप्रपाले जनाएको छ ।

सरकारलाई बढ्दो महंगीको बारेमा ध्यानाकर्षण गराइसकेको तर सरकारले कुनै चासो नदेखाएकोले शान्तिपूर्ण रुपमा दोस्रो चरणको आन्दोलन गर्नुपरेको राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले बताएको छ । संगठनले आज शान्तिपूर्ण रुपमा थाल ठटाएर आन्दोलन गरेको र आगामी दिनमा माग पूरा नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिइएको छ ।

May be an image of 6 people and outdoors
‘राष्ट्रिय प्रजातन्त्र पार्टीले आज दोस्रो चरणको आन्दोलन शुरु गरेको छ । राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको अगुवाईमा सरकारले गरेको महंगीको बिरुद्धमा हामी सरकारलाई ध्यानाकर्षण गराउनको लागि थाल ठटाएर सडकमा आएका छौँ । हाम्रो दोस्रो चरणको आन्दोलन पनि सुनुवाई भएन भने तेस्रो चरणको आन्दोलन भदौको पहिलो हप्तामा शुरु हुने विरोध प्रदशन पछिको कोणसभामा भनिएको छ ।

May be an image of 5 people, people standing and road
महँगीले नेपालीहरूको भान्सा महँगो भएको भन्दै जनता यस्तो अवस्थामा खान नसक्ने अवस्थामा पुगेकोले आन्दोलन गर्नुपरेको उनीहरुको भनाइ छ । राप्रपाले पछिल्लो समय महँगी, भ्रष्टाचारबिरूद्ध सडकमा आन्दोलन गर्दै आएको छ । राप्रपाले महंगीलाई नियन्त्रण गरेर जनतालाई राहत पु¥याउन सरकारलाई ध्यानाकर्षण गराउँदै आएको छ ।