Loading... आजः ११ असार २०८३, बिहीबार । Thursday 25th June 2026
ताजा खबर
  

अनौपचारिक अर्थतन्त्रलाई तुरुन्त नियन्त्रण गर्नुपर्नेमा जोड

पौष १४, सुर्खेत ।

सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले गैरकानूनी ढंगले चलाइएको अनौपचारिक अर्थतन्त्रलाई तुरुन्त नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभएको छ ।
बैंक तथा वित्तीय संस्थाभन्दा बाहिरबाट गैरकानून ढंगले सञ्चालित अर्थतन्त्र र मिटर ब्याजका कारण निजीक्षेत्र र अर्थतन्त्र दुबै संकटमा पर्दै गएको भन्दै उहाँले यस्तो जोड दिनुभएको हो ।


संघले शुक्रबार आयोजना गरेको सुर्खेतका प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीसंगको परिचयात्मक कार्यक्रममा अध्यक्ष अधिकारीले चर्किदै गएको मिटर ब्याजको समस्या समयमै नियन्त्रण गर्नुपर्ने सुझाव दिनुभयो ।
कानूनको आँखा छलेर गरिने वित्तीय कारोवार र चर्कदै गएको मिटर व्याज नियन्त्रण गर्नु अहिलेको प्रमुख चुनौति भएको भन्दै उहाँले भन्नुभयो, ‘हामी आर्थिक र व्यवसायिक रुपमा हुने कुनैपनि किसिमका गैरकानूनी कार्यलाई ढाकछोप र प्रोत्साहन गर्ने पक्षमा छैनौं ।’
कहिकतैं व्यापारी व्यवसायीबाट अज्ञानता र असावधानीवश हुन पुगेका मानवीय त्रुटी र कमजोरीलाई अपराधकै रुपमा लिएर कारवाही गर्ने कुरामा पनि आप्mनो असहमति रहेको अध्यक्ष अधिकारीको भनाई छ ।
जवाफमा प्रहरी उपरीक्षक चतुर्वेदीले मिटर ब्याजको समस्या देशभरी नै उस्तै रहेको जिकिर गर्दै प्रहरीको एकल प्रयासले मात्र यसलाई नियन्त्रण गर्नुसम्भव नभएको जिकिर गर्नुभयो ।
बरु कम मुनाफा लिने गरी आर्थिक र कानूनी रुपले सुरक्षित भएर व्यापार व्यवसाय गर्न सुझाव दिंदै उहाँले चेक वाउन्स र ठगी मुद्दाबाहेक अरुमा प्रहरीले प्रत्यक्ष रुपमा कारवाही गर्ने अवस्था नरहेको जानकारी दिनुभयो ।
लागूपदार्थ हरेकखाले अपराधको जड भएको भन्दै उहाँले आपूm अभियानै बनाएर लागूपदार्थ नियन्त्रणमा जुट्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ, प्रदेश नं. ६ का अध्यक्ष पदमबहादुर शाहीले घरेलु मदिरा नियन्त्रण गर्न प्रहरीलाई सुझाव दिनुभयो ।
यस्तै, संघका वरिष्ठ उपाध्यक्ष प्रकाश उप्रेतिले सुर्खेतमा आपराधिक गतिविधि नियन्त्रण गरी शान्ति सुव्यवस्था कायम राख्न प्रहरीसंग सहकार्य गर्न आपूmहरु सधैं तत्पर रहेको उल्लेख गर्नुभयो ।
संघको कार्य समिति, वस्तुगत समितिका पदाधिकारीलगायतको सहभागिता रहेको कार्यक्रमको सञ्चालन संघका महासचिव गोपालकृष्ण गिरीले गर्नुभएको थियो ।