Loading... आजः १० बैशाख २०८३, बिहीबार । Thursday 23rd April 2026
ताजा खबर
  

जनक शिक्षा सामाग्री कर्णाली प्रमुख केसीलाई क्रान्तिकारीले दल्यो मोसो

सुर्खेत ।

जनक शिक्षा सामाग्री केन्द्र कर्णाली प्रदेशका प्रमुख धनबहादुर केसीलाई मोसो दलिएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले प्रमुख केसीलाई मोसो दलेको हो।

शैक्षीक सत्र शुरूभएको चार महिना बित्तिसक्दा पनि समयमै कर्णालीका सबै जिल्लामा पाठ्यपुस्तक नपु¥याएको भन्दै मोसो दलिएको हो।

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका निकट विद्यार्थी संगठन क्रान्तिकारीका केन्द्रीय सदस्य तथा सुर्खेत इन्चार्ज तुलाराम तिरुवाको संयोजकमा प्रमुख केसीलाई मोसो दलेका हुन्।

उनिहरुले मनोमानित ढंगले पुस्तक वितरण गरि पुस्तक व्यवसायीसँग करोडौं कमिसन लगेको, हुम्ला, जुम्ला, डोल्पा, कालीकोट र मुगु लगायथका दुर्गम जिल्लाको विल बनाई किताब सुर्खेतमा वितरण गरेको र ढुवानीबाट लाखौं कमिसन आएको आरोप लगाएका छन्।

यस्तै, सरकारी कार्यालयलाई निजी पैत्रिक सम्पत्तिको रुपमा प्रयोग गर्ने र कार्यालयमा विवाह ब्रतबन्ध जस्ता कार्यक्रम गरेको उनिहरुको आरोप रहेको छ । यस्तै, विद्यार्थीहले प्रमुख केसीलाई मोसो दलेको कुरा सत्य रहेको उक्त कार्यालयका एक कर्मचारीले जानकारी दिए। उनकाअनुसार मोसो दल्नेहरु फरार रहेकोले उनिहरुको खोजीकार्या प्रहरीले गरिरहेको छ।