Loading... आजः ७ जेष्ठ २०८३, बिहीबार । Thursday 21st May 2026
ताजा खबर
  

राप्रपा सुर्खेतले मनायो पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस

सुर्खेत ।
राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति सुर्खेतको अगुवाईमा ३०१ औं पृथ्वी जयन्ती भव्यताका साथ मनाइएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर बजारलाई बाजागाजासहित परिक्रमा गरी राप्रपा सुर्खेतले पृथ्वी जयन्ती मनाएको हो ।

No description available.
नेपाल सरकारले पनि पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउनका लागि आज सार्वजनिक विदा दिएको थियो । राप्रपाले निरन्तर पृथ्वी जयन्ती मनाउँदै आएकोमा यस वर्ष सरकारले नै विदा दिएर पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने निर्णय गरेकोमा नेपाली जनता प्रति विश्वास र नेपाल एकिकरणका सुत्रधार पृथ्वीनारायण प्रति सम्मान गरेको अनुभूति भएको राप्रपा सुर्खेतका अध्यक्ष कविराम पुरीले बताए । बजार परिक्रममा गरी वीरेन्द्रचोकमा पृथ्वीनारायण शाहको तस्वीरमा माल्यार्पण गर्दै अध्यक्ष पुरीले यस्तो बताएका हुन् ।

No description available.
जसरी पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवसको आवश्यक महसुस भएर सरकारले त्यसलाई निरन्तरता दिने गरी निर्णय गरेको छ त्यो निरन्तर आउँदा वर्षहरुमा पनि कायम रहनु पर्ने अध्यक्ष पुरीले माग समेत गरे । एउटा सरकारले गरेको राष्ट्रिय सवालको निर्णयलाई अर्को सरकारले फेरबदल गरिदिने कार्यको बन्द गर्नुपर्ने, राजाहरुले गरेको योगदानको कदर गर्नुपर्ने र देशलाई छिटो भन्दा छिटो हिन्दुराष्ट्र घोषणा गरेर नेपालीको मन जित्न अब ढिला गर्न नहुने अध्यक्ष पुरीले सरकारसँग माग राखे ।

यसैगरी कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य सन्तोषी शाहीले भनिन्, राजनीतिक रुपमा आफूहरुले जनताको मत बटुल्नका लागि जनतालाई भ्रममा राखेर गरिएका निर्णयहरु उल्टिदैछन् । अब जनतामा राजनीतिक चेतना आइसकेकाले हिन्दुराष्ट्र घोषणाका लागि जनता आफैमा जागरुक हुँदै गइरहेका छन् ।

No description available.
एकता दिवसको अवसरमा चियापान कार्यक्रमसमेतको आयोजना गरिएकाले कार्यक्रममा राप्रपाका जिल्ला कार्यसमिति तथा प्रदेशका समितिका केही पदाधिकारी र सदस्यहरुलगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

May be an image of 6 people and people standing

May be an image of 10 people, people standing and outdoors