सरस्वती माविमा अक्षयकोष स्थापना
सुर्खेत ।
वीरेन्द्रनगर नगरपालिका वडा नं. २ मा रहेको सरस्वती माध्यमिक विद्यालय ठौरीमा अक्षयकोषको स्थापना भएको छ ।

हाल अमेरिकामा रहेकी समाजसेवी जयन्ती थापाले १ लाख १ हजानर १ सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरेकी हुन् । विद्यालयमा अध्ययन गर्ने गरिब जेहेन्दार विद्यार्थीहरुको पढाईमा सहयोग पुगोस् भन्ने उद्देश्यले अक्षयकोषको स्थापना भएको जयन्ती थापाको भनाई छ ।

उनी हाल अमेरिकामा रहेका कारण थापाका बुवा धर्मजंग थापाले उक्त अक्षयकोष स्थापना कार्यक्रममा भने, छोरीले गरेको समाजसेवाले शिक्षाको क्षेत्रमा उज्यालो भइरहेकोमा म खुसी छु ।

विद्यालयमा अक्षयकोष स्थापना गरेकोमा प्रधानाध्यापक सरिता शर्माले आभार व्यक्त गरेकी छन् ।







