अपाङ्गता भएका व्यक्तिलाई रारा भ्रमण
जुम्ला ।
जुम्लाको हिमा गाउँपालिका वडा नं. १ ले अपाङ्गता भएका व्यक्तिलाई रारा भ्रमण गराएको छ । उनीहरु राराको काखैमा जन्मेका भएपनि शारिरीक अशसक्तता भएका कारण रारा जान सकेका थिएनन् । त्यसैले उनीहरुलाई रारा भ्रमण गराएको वडा नं. १ का वडाअध्यक्ष रतन बहादुर शाहीले बताए ।

आन्तरिक पर्यटकको प्रवद्र्धन। अन्तरजिल्ला गर्नुका साथै अपाङ्गता भएका व्यक्तिहरु जो आफै रारा पुग्न असमर्थ छन् उनीहरुलाई रारा भ्रमण गराउनु वडाका लागि खुसीको कुरा भएको वडाअध्यक्ष शाहीले बताए । भ्रमण गर्ने क्रममा कोही जिल्लादेखि दुरदराजमा रहेका सुखद क्षेत्रहरुमा जाने गर्दछन् । तर हामीले पर्यटनको प्रवद्र्धन पनि हुने र जीवनमा रारा जान नसक्नेहरुका लागि रारा घुम्ने व्यवस्था गर्न सक्यौ यसैमा खुसी छौ उनले थपे । अपाङ्ता भएका व्यक्तिलाई कतिपय परिवारमा समेत हेलाको भावले हेरिने गरेकोमा उनीहरुकै कारण अभिभावकको रुपमा रारा जान पाएपछि अपाङ्ता भएका व्यक्तिलाई परिवारका सदस्यहरुले समेत माया गरुन भन्ने उद्देश्य रहेको शाहीको भनाई छ ।

रारा जीवनमा देख्न पाइँदैन होला तर राराको बारेमा धेरै सुन्न मात्र पाइएको छ भन्ने लाग्थ्यो । तर वडा कार्यालयको कार्यक्रमले जीवनमा रारा हेर्ने धोको पुगेको भ्रमण समूहमा रहेका गणेश रावतले बताए । भ्रमणमा क र ख वर्गका अपाङ्ता भएका १२ जना र एक जना ह्विल चिएरमा रहेका छन् छन् भने सामान्य अपाङ्ता भएका ३ जना रहेका छन् ।
क र ख वर्गकालाई हेरचाह गर्न एक एक जना अभिभावक समेत भ्रमणमा संलग्न छन् ।







