भायानेटले ल्यायो तीव्रगतिको इन्टरनेट वाइफाइ ६
सुर्खेत । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेटकम्युनिकेसन लिमिटेड ले अत्याधुनिक वाइफाइ ६ प्रविधिमा आधारित नयाँ इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ। नयाँ प्याकेजले इन्टरनेटमा हुने अवरोध, बफरिङ र कमजोर सिग्नल जस्ता समस्यालाई कम गर्दै प्रयोगकर्तालाई उच्च गति र समग्र कनेक्टिभिटी सुधारको अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ । डिजिटल युगमा घरभित्र धेरै उपकरणहरू एकैसाथ चलाउनुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै डिजाइन गरिएको यो प्रविधिले पुरानो नेटवर्कभन्दा ४ गुणा बढी क्षमता प्रदान गर्दछ ।
यसले लेटेन्सी कम गरी घरमा एकै समयमा धेरै व्यक्तिले भिडियो स्ट्रिमिङ, अनलाइन गेमिङ र अफिस कार्य सहजै गर्न सक्ने बनाउँछ । भायानेटले ग्राहकहरूको लागि २५० Mbps देखि ६०० Mbps सम्मका उच्च गतिको प्याकेजहरू उपलब्ध गराएको छ । २५० Mbps वार्षिक प्याकेज रु. १३,८०० मा उपलब्ध हुने जानकारी दिइएको छ । वार्षिक ग्राहकले थप १ महिनाको इन्टरनेट निःशुल्क पाउने सुविधा पनि राखिएको छ । साथै, घरभर समान रूपमा इन्टरनेट सिग्नल पुर्याउन कम्पनीले रु. ३,५०० मा वाइफाइ ६ मेस राउटरको विकल्प पनि उपलब्ध गराएको छ ।
यसले बाक्लो भित्ता वा ठूलो क्षेत्रफल भएका घरमा सिग्नल कमजोर हुने समस्या समाधान गर्नेछ । पुराना ग्राहकको सुविधा सुनिश्चित गर्न भायानेटले अपग्रेड प्रक्रिया पनि सजिलो बनाएको छ । विद्यमान प्रयोगकर्ताले मात्र रु. ५०० शुल्कमा आफ्नो पुरानो राउटरलाई नयाँ वाइफाइ ६ ओएनयूमा परिवर्तन गर्न सक्नेछन् । 4K भिडियो स्ट्रिमिङदेखि अनलाइन गेमिङसम्म, आधुनिक घरको प्रत्येक मागलाई वाइफाइ ६ सहजै पुरा गर्ने कम्पनीको विश्वास छ ।







